नाच्‍न नपाएको झोंकमा कुटिइन् बेहुली

नाच्‍न नपाएको झोंकमा कुटिइन् बेहुली

तेह्रथुम : फेदाप–३ तीनधारे टोलकी २२ वर्षीया प्रतीक्षा सम्बाहाम्फे मंसिर पहिलो साता पाँचथर फाल्गुनन्द–१ नवमीका सचिन आङ्देम्बेसँग भागिन्। केटी फकाएर ल्याउने लिम्बू जातिको परम्पराका कारण सचिनका बुवाले मंसिर अन्तिममा विवाह गरिदिए।

दश लिम्बुवानको चलनअनुसार माइती पक्षलाई चारकलमको रीत बुझाउनुपर्छ। यसका लागि बेहुली प्रतीक्षा, बेहुला सचिन, नन्द र केही साथी लिएर आइतबार माइतीघर आइन्। माइती पक्षले सोमबार विवाहभोज आयोजना गर्‍यो। दिउँसो सौहार्दपूर्ण वातावरणमा वैवाहिक कार्यक्रम सम्पन्न भयो। बेलुकी यारुलाङका (धान नाच)मा सबै सहभागी बने। बेहुलीले साथी लिएर आएका नन्दलाई नाच्न भन्दै स्थानीय युवाले आग्रह गरे। तर, उनीहरूले अस्वीकार गरे। तान्न थालेपछि प्रतीक्षा र स्थानीय युवाबीच विवाद भयो। धान नाच्न नपाएको झोंकमा ती युवाले बेहुली र अन्य पाहुनामाथि आक्रमण गर्न थाले।

कुटपिटबाट प्रतीक्षासहित चार जना घाइते भएका छन्। चिरपट प्रहारबाट बेहुलीको टाउकोमा गहिरो चोट लागेको छ। उनलाई उपचारका लागि सोमबार राति नै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। थप उपाचारका लागि मोरङको विराटनगरस्थित न्युरो अस्पताल लगियो।

केटा पक्षका युवतीसँग धान नाच्न नपाउँदा स्थानीय युवाले कुटपिट गर्दा चार जना घाइते।

अन्य घाइतेमा उनका दाजु देउमान सम्बाहाम्फे, स्थानीय सुमन खापुङ र टीकादेवी सम्बाहाम्फे छन्। देउमानलाई विराटनगरतर्फ लगिएको र अन्य दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचार भइरहेको जिल्ला प्रहरी तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए। ‘रमाइलो माहोल एकाएक बिग्रिँदा ठूलै घटना हुन पुग्यो’, उनले भने।

उनका अनुसार घटनामा संलग्न भएको स्थानीयलाई पोक्लाबाङ प्रहरी चौकीको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सरोज लिम्बू, ओमन लिम्बू, दिनेश लिम्बू, सुदी लिम्बू र मन्दीप लिम्बू छन्। त्यस्तै, नवीन लिम्बू, पूर्ण लिम्बू, खगेन्द्र लिम्बू, सनम लिम्बू र राजेश लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ।

‘नसोचेको घटना भयो’, बेहुला सचिनले भने, ‘विवाहकै दिन बेहुलीलाई मरणासन्न हुने गरी कुटपिट गर्लान् भन्ने त कल्पानसम्म गरेको थिइनँ।’ परम्पराको गलत प्रयोग गर्न खोज्ने र कुटपिटमा संलग्नलाई कारबाही हुनुपर्ने माग उनले गरे। उनी सकुशल छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.