६ घण्टा हिँडेरै सुन्तला बेच्न बजार आउँछन् बाजुराका किसान

६ घण्टा हिँडेरै सुन्तला बेच्न बजार आउँछन् बाजुराका किसान

बाजुरा : जाडो सुरु भएदेखि नै गौमुल गाउँपालिकाका किसानहरुलाई सुन्तला बेच्न भ्याइ नभ्याइ छ । यस वर्ष सुन्तला बाक्लो फल्दा यहाँका किसान खुसी त, भए तर बजारको अभावमा समस्या थपियो ।

गौमुलका जया सार्की नजिक बजार नहुँदा सुन्तला बेच्न ६ घण्टा पैदल हिँडेर सदरमुकाम मार्तडी पुगे । १५ बोट सुन्तलाबाट घर खर्च चलाउँदै आएका उनी सुन्तलाबाट सिजनमा ३० हजार आम्दानी गरेको बताउँछन् ।

बिहान ४ बजे नै घरबाट हिँडेर उज्यालो हुँदासम्म मार्तडी आइपुग्छन् । दिनभर सुन्तला विक्री गरेर साँझ ४ बजे घर फर्किने गरेको उनले सुनाए । जयाकै छिमेकी किशोरी रोकाया बुधबार बिहानै पिठ्यूँमा सुन्तलाको भारी बोकेर सदरमुकाम मार्तडीमा पुगिन् । उनी पनि दिनभर सुन्तला बेचेर बेलुका घर फर्कँदा झमक्क साँझ परिसकेको थियो ।

गौमुल गाउँपालिकाका उनीहरु जस्तै यहाँका अधिकांश किसान सिजनभर सुन्तला बेच्न कम्तिमा ६ घण्टा पैदल हिँडेर सदरमुकाम आइपुग्छन् ।

सिजनमा राम्रै आम्दानी
सुन्तला बेचेर आम्दानी भने सन्तोषजनक नै भएको उनीहरु बताउँछन् । सुन्तलाको आम्दानीबाट उनीहरुले खाद्यान्न, लत्ताकपडा र छोराछोरीको पढाइ खर्च जुटाउने गरेका छन् ।

प्रत्येक हिउँदमा २० हजार बढी रकम सुन्तला बेचेरै आम्दानी गर्ने उनीहरुको अनुभव छ । यसरी सुन्तला बेच्न मार्तडी आउने अधिकांश महिला आउँछन् । गौमुल–६ मा रहेको बसाला, बाढी, सिमधारा सटेडा, दडीपाटा र वडा नम्बर ४ मा रहेको खडीखेत, बिरा, कालादह लगायत क्षेत्रमा किसान सुन्तला बेच्न सदरमुकामसम्मै धाउने गरेका हुन् ।

गौमुल–६ सटेडाका रनी रोकायाले मात्रै सुन्तला बेचेर हरेक सिजनमा ५० हजार कमाउने गरेको बताउँछिन् । सुन्तला बेच्न थालेपछि आम्दानी बढेको उनको अनुभव छ । तर बजार नजिक नहुँदा समस्या हुने गरेको उनको गुनासो छ ।

‘पैदल हिँडेर सदरमुकाम मार्तडीसम्मै आउनुपर्छ,’ रनीले भनिन्, ‘बजार नपाएर कतिपय सुन्तला नै बिक्री गर्न सकिन्न ।’ यी क्षेत्रमा सुन्तला बढी फल्ने भएकाले पनि गाउँमा बजारको पहुँच नहुँदा घण्टौँसम्म हिँडेरै सदरमुकाम पुग्ने गरेको गुनासो उनीहरुको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.