निर्मला पन्त प्रकरणमा पक्राउ परेका प्रदीप रावल रिहा

निर्मला पन्त प्रकरणमा पक्राउ परेका प्रदीप रावल रिहा

काठमाडौं : निर्मला पन्त प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रदीप रावल रिहा भएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको आदेशमा उनी बुधबार दिउसो रिहा भएका हुन्।

मंसिर १८ गते महाराजगंजबाट पक्राउ परेका भीमदत्त नगरपालिका १८ का रावलले प्रहरीसँग घटनामा आफ्नो संलग्नता भएको स्वीकार गरेको प्रहरीले जनाएको थियो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको बयानमा उनले घटनामा संलग्न रहेको सकारेको प्रहरीले जनाएको थियो। तर उनीसहित पक्राउ परेका विशाल चौधरी र रावलको डीएनए निर्मलाको भेजिनल स्वाबको नमूनासँग नमिलेपछि चौधरी यसअघि नै रिहा भएका थिए। तर प्रहरीले रावललाई प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा मुद्दा चलाएको थियो। उनीमाथि सुरुमा ७ र पछि क्रमशः ५ र ३ दिन म्याद थपेर मुद्दा चलाएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.