निर्मलाको हत्या गरेको प्रदीप रावलको साविती बयान

निर्मलाको हत्या गरेको प्रदीप रावलको साविती बयान

काठमडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्। 

केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्। गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ। 

सीआईबीले रावलसँग गएराति १० बजेदेखि  बिहान २ बजेसम्म बयान लिएको थियो। सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन्। घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। यसको रिपोर्ट भने शुक्रबार मात्र आउने छ। 

निर्मलाको न्यायका लागि देशभर प्रदर्शन चर्किएपछि आईजीपी खनाल स्वयंको उपस्थितिमा आरोपितको बयान लिनेक्रम सुरु भएको हो। 

रावलसँगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरिएको छ। उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। निर्मलाका छिमेकी रावलका बुबाआमा भारतमा बस्दै आएका छन्। निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो। 

रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको स्रोतको दाबी छ । गएरातिको साविति बयानमा आईजीपी खनालका साथमा सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीलगायत सहभागी थिए। सीआईबी स्रोतले रावलमाथिको थप अनुसन्धान डीएनए रिपोर्ट आएपछि हुने जानकारी दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.