नगर प्रहरीबाट कुटिइन् निगौल गाई गौशालाकी प्रमुख कान्ति पाण्डे

नगर प्रहरीबाट कुटिइन् निगौल गाई गौशालाकी प्रमुख कान्ति पाण्डे
सुन्नुहोस्

जनकपुरधाम : मञ्जुरी बिना गौशाला नगरपालिकाले ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेलाई नगर प्रहरीले कुटपिट गर्दै दुर्व्यवहारको भिडियो सार्वजनिक भएको छ ।  उच्च अदालत जनकपुरले निगौल गाई गौशालाको जग्गामा मञ्जुरी बिना गौशाला नगरपालिकालाई हस्तक्षेप नगर्न दिएको आदेशको उल्लंघन गर्दै ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशालाका प्रमुख पाण्डेलाई नगर प्रहरीहरुले कुटपिट गर्दै दुर्व्यवहार गरेको हो । 

उच्च अदालत जनकपुरले गौशाला बजार ठेक्का सम्बन्धमा निगौल गाई गौशाला जग्गामा मञ्जुरी बेगर कुनै हस्तक्षेप नगरी नगरपालिकालाई हाटबजार ठेक्कामा लगाउने कार्य नगर्नु नगराउन अन्तरिम आदेश दिएको छ । तर गौशाला नगरपालिकाले निगौल गाई गौशालाको जग्गामा बजार ठेक्का लगाउने र जर्बजस्ती ढल निकास गर्न खोजेपछि रोक्न गएको कार्यालय प्रमुख पाण्डेलाई नगर प्रहरीहरुले दुर्व्यवहार गर्दै कुटपिट गरेपछि स्थानीयहरुले बचाएको भिडियोमा देख्न सकिन्छ ।  

nullनगरपालिकाले गाई गौशालालाई करिब ६ करोड भुक्तानी नगर्दा लामो समयदेखि पटक–पटक विवाद हुँदै आएको निगौशा गाई गौशालाका कार्यालय प्रमुख कान्ति पाण्डेको आरोप छ । उनले भनिन्, ‘गत आइतबार पनि हाम्रो गाईको जग्गाबाट ढल निकासको लागि समन्वय बिनै स्काभेटर चलाउन खोजियो । मैले गएर रोक्न खोजे । तर नगर प्रमुखको निर्देशनमा आएको नगर प्रहरीले मलाई प्रहरी निरीक्षककै अगाडि कुटपिट गर्‍यो । दुर्व्यवहार गर्‍यो। तर बचाउन आएन । उल्टै प्रहरी प्रमुखको अगाडि नगर प्रहरीले हुलहुज्जत गर्‍यो, कुटपिट गर्‍यो । तर नगर प्रमुख र प्रहरी प्रमुख निरीक्षक मुखदर्शक बन्यो ।’

यसैगरी गत श्रावण ४ गते विहीबार नगर प्रहरीहरुको समूहले निगौल गाई गौशालाको ट्रयाक्टर नियन्त्रणमा लिएर कार्यालयमा प्रवेश गरी कर्मचारीहरुलाई कुटपिट गरेको प्रमुख पाण्डेको आरोप छ । उनले थप्दै भनिन्, ‘गौशालामा बढी उमेरको गाईको मृत शरीरलाई सदगतका लागि लगिँदै गर्दा नगर प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर कर्मचारीलाई कुटपिट गर्नु र प्रहरी प्रशासनले दोषीलाई कारवाही नगर्नु कानूनी राज्यको उपहास हो ।’ 

२०८२ साउन १२ मा उच्च अदालत जनकपुरका न्यायाधीश राजुराम सिलवाल र न्यायाधीश खेमराज भट्टको संयुक्त इजलासले निगौल गाई गौशाला व्यवस्थापन कार्यालय, महोत्तरीले माग गरेको निषेधाज्ञा मुद्दामा गौशाला नगरपालिका कार्यालयलाई संस्थाको मन्जुरी बेगर कुनै प्रकारले हस्तक्षेप नगर्न नगराउन आदेश जारी गरेको थियो । साथै हाटबजार ठेक्कामा लगाउने कार्य नगर्नु नगराउनु भनी विपक्षीको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम सोमबार अन्तरिम आदेश जारी गरेको छ ।

निगौल गाई गौशालाको कित्ता नं. ८२, ८३, ८४ जग्गाधनी दर्ता श्रेस्ता गाई गौशालाको नाममा कायम रहेको देखिएको, साविक नमुना गाउँपालिका र निगौल गाई गौशालाबीच २०७० असार २२ मा उक्त जग्गा ठेक्का लगाउने सम्बन्धमा भएको सम्झौताको अवधि समेत समाप्त भइसकेको अवस्था देखिएकोले मुद्दाको अन्तिम टुंगो नलागेसम्म कुनै प्रकारले हस्तक्षेप नगर्न उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ ।

null

गौशाला नगरपालिकाले २०७० सालमा बजारबाट उठेको रकमबाट २५ प्रतिशत रकम गाई गौशालालाई दिने शर्तमा गाई गौशाला गोरु बजार ठेक्का लाग्दै आएको थियो । तर, गाई गौशालालाई दिनु पर्ने रकम भुक्तानी नगरेको विषयलाई लिएर गौशाला नगरपालिका पक्ष र गाई गौशालाबीच विवाद हुँदै आएको  छ । गौशाला नगरपालिका कार्यालयले ठेक्का बापतको ६ करोड भन्दा बढी बाँकी रहेको रकम दिन नमानेपछि पशुबजार ठेक्का आफैं लगाउने प्रक्रिया अगाडि बढाउँदा नगरपालिकाले अवरोध गर्दा विवाद चर्किएको हो ।

गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीले आफू काठमाडौं हुँदा नगर प्रहरी र गाई गौशालाबीच विवाद भएको स्विकारे । उनले गाई गौशालाले बाटो अवरुद्ध गर्दा खुलाउन पुगेको नगर प्रहरीको टोलीसंग विवाद भएको स्विकारे । तर कान्ति पाण्डेलाई दुव्र्यवहार गरेको विषयमा आफूलाई थाहा नभएको बताए । उनले भने, ‘नगर प्रहरीले कुटपिट नै गरेको हो भने सम्बन्धित निकायले कानूनी कारवाहीमा जानुपर्‍यो। नगरपालिका र गाई गौशालाको विवाद धेरै पहिलेको हो, समन्वयको अभाव छ । दुवै सरकारी निकाय भएकोले मिलेर जानुपर्छ, तर त्यो हुन सकेको छैन्।’

यता ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाले घटना सम्बन्धमा बताउन चाहेनन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र भट्टले गौशाला नगरपालिका र निगौल गाई गौशालाबीच लामो समयदेखि द्वन्द्व रहेको बताउँदै कान्तिकुमारी पाण्डेलाई कुटपिट गरेको विषयमा जाहेरी आए कारवाही गर्ने बताए । उनले भने, ‘दुई सरकारी संयन्त्रमा विवाद छ । यदि नगर प्रहरीले कुटपिट गरेको छ । जाहेरी आउँछ भने अनुसन्धान गरेर कारवाही प्रक्रिया अगाडि बढाइन्छ । तर हामीकहाँ अहिलेसम्म जाहेरी आएको छैन् ।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.