भेनेजुएलाको भूकम्प: ५ दिनपछि भग्नावशेषबाट युवकलाई जीवितै निकालियो
भेनेजुएलाको ला गुएरा राज्यमा भूकम्प गएको ५ दिनपछि २१ वर्षीय युवकलाई भग्नावशेषबाट जीवितै निकालिएको छ। काराबायेदा शहरमा भग्नावशेषमुनि ‘आरोन लेवी क्यान्टिलो वर्गास’ जीवित फेला परेका हुन्।
एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेका अनुसार भेनेजुएला, मेक्सिको र एल साल्भाडोरका उद्धार टोलीहरूले ती व्यक्तिलाई जीवितै निकालेका हुन्। उनलाई अहिले विशेष चिकित्सा हेरचाह दिइँदैछ।
भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले उद्धार कार्य ४३ घण्टा चलेको र आरोन १०६ घण्टासम्म फसेको बताएकी छिन्।
बुकेलेले पहिले उद्धार टोली र आरोनको बीचमा एउटा शव रहेको बताएका थिए। जसले उद्धार कार्यलाई जटिल बनाएको थियो। एल साल्भाडोरका राष्ट्रपतिले उद्धारकर्मीहरूले थप जीवन बचाउने आशामा आफ्नो काम जारी राख्ने बताए।
प्रतिक्रिया दिनुहोस !