कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

महेन्द्रनगर : कञ्चनपुरको पुर्नबासमा १० वर्षकी बालिकालार्इ बलात्कार गरेको आरोपमा एक वृद्व पक्राउ परेका छन्। पुर्नबास नगरपालिका–१० का ६९ वर्षीय ओम प्रकाश पौडेललाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो।

मंसिर ११ गते मंगलबार स्कुलबाट घर फर्किरहेको समय बालिकालाई बलात्कार गरेको भनी  परिवारले प्रहरीमा उजुरी गरेका थिए। उजुरीका आधारमा आरोपी पौडेललार्इ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर वमले जानकारी दिए।

 प्रहरीलाई परिवारले दिएको जानकारी अनुसार स्कुलबाट फर्किँदै गर्दा ती वृद्धले ललाई फकाई बाटोमा रहेको पसलमा बलात्कार गरेका हुन्। पसलको पछाडी रहेको सानो कोठामा लगेर बालिकाको कपडा खोलेर बलात्कार गरेको बुझिएको प्रहरीले जनाएको छ। 

'बालिकाको अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ´ प्रहरी निरीक्षक वमले भने, 'रिपोर्ट आएको छैन, रिपोर्ट आएपछि थाहा हुन्छ।´ प्रहरीले हिरासतमा रहेका पौडेलमाथि शुक्रबार नै जिल्ला अदालतबाट १५ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। 

जबर्जस्ती करणी मुद्दा  दायर गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। बालिकाको स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.