दुई मालपोत अधिकृतसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : मालपोत कार्यालय डिल्लीबजार र दमकका मालपोत अधिकृतसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
किर्ते जग्गा धनी खडा गरी झापा दमकको दुई विघा रष्ट्रिेसन पास गरेको अभियोगमा मालपोत अधिकृत डिल्लीबजारका प्रमुख केशवप्रसाद न्यौपाने र अग्नी घिमिरेसहित ९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
दमक-४ मा टेकमाया आङहाङको जग्गा किर्ते जग्गा धनी खडा गरी जग्गा पास गरिएको छ।