प्रदेश ३ मा वर्षे अधिवेशन सम्पन्न

प्रदेश ३ मा वर्षे अधिवेशन सम्पन्न

हेटौंडा : चालु आर्थिक वर्षको वर्षे प्रदेशसभा अधिवेशन ६१ वटा बैठक बसेर सकिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार राती १२ बजेदेखि वर्षे अधिवेशनको समापन गरेकी हुन्।

बिहीबार बसेको छ घण्टा लामो बैठकको अन्त्यमा सभामुख सानुकुमार श्रेष्ठले वर्षे अधिवेशन अन्त्य गर्ने प्रदेश प्रमुखको सूचना पढेर सुनाएका थिए। प्रदेश प्रमुखले वर्षे अधिवेशन स्थागित गरेसँगै बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको छ।

गत जेठ १ गतेबाट सुरु भएको वर्षे अधिवेशन ४२ दिन सञ्चालन भएको सभामुख श्रेष्ठले जानकारी दिए। उक्त अवधिमा ६६ घण्टा २० मिनेट बैठक भएको थियो। वर्षे अधिवेशनमा २१ वटा विधेयक दर्ता भएकोमा १८ वटा पारित भएको सभामुख श्रेष्ठले बताए।

गत मंसिरमा नै सकिनुपर्ने वर्षे अधिवेशन स्थायी राजधानीको विषयको अन्यौलताले बैठक बस्न नसकेपछि लम्बिएको थियो। प्रदेश सवारी सम्बन्धि विधेयक पारित बिहीबार बसेको प्रदेशसभा बेठकले प्रदेश सवारी तथा यातायात दर्ता सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक सर्बसम्मत पारित गरेको छ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गरेको उक्त विधेयक सर्बसम्मत पारित भएको हो । साथै बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल प्रस्तुत गरेको प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सो व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक र भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रस्तुत गरेको प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ।

उक्त विधेकहरु हिउँदे अधिवेशनको पहिलो बैठकमा निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ। उक्त विधेकहरुमाथिको छलफलमा एक दर्जन बढि प्रदेशसभा सदस्यहरुले भाग लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.