पुनर्निर्माणप्रति जनप्रतिनिधि बेखबर

पुनर्निर्माणप्रति जनप्रतिनिधि बेखबर

अर्घाखाँची : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अर्घाखाँचीले कहाँ कसरी काम गरिरहेको छ भन्ने बारे आफुहरुलाई जानकारी नभएको अर्घाखाँचीका जनप्रतिनिधिले गुनासो गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् बन्न लागेका विद्यालय भवन कहाँ कसरी कस्तो बन्दैछ भन्ने थाहा नदिएको जनप्रतिनिधिको भनाइ छ।

भुमिकास्थान नगरपालिका–३ धारपानीस्थित अन्नपुर्ण आधारभुत विद्यालय भवन शिलान्यास भइसकेको तर नगरपालिकालाई जानकारी नभएको नगरप्रमुख रेशम थापाले बताए। ‘स्थानीय तहलाई जानकारी नदिइ भवन शिलान्यास भइरहेका छन्’, प्रमुख थापाले प्रश्न गरे, ‘स्थानीय तहको जिम्मेवारी के हो ? ’

वास्तविक भूकम्पपीडितले राहत पाउन नसकेको अर्घाखाँचीका जनप्रतिनिधिले बताएका छन्। सरकारले निजी आवास पुनर्निर्माणको काममा उल्लेखनीय प्रगति भएको जनाए पनि दक्ष जनशक्ति अभाले भूकम्प प्रभावित क्षेत्रमा काम गर्न गाह्रो भएको र वास्तविक पीडितले अझै राहत नपाएको जनप्रतिनिधिको गुनासो छ। भुकम्प प्रभावित क्षेत्रका वास्तविक लाभग्राहीले अझै राहत पाउन नसकेको, सरकारले नीजि आवास निर्माणको मापदण्ड तोक्नुअघि आफ्नै लगानीमा घर बनाएकाले सरकारको मापदण्डको दायरामा पर्न नसकेको समेत गुनासो गरेका हुन्।

अर्घाखाँचीमा भुकम्पबाट क्षती भएका ११ सय ९९ घर निर्माण हुने क्रममा छ। कतिपय भुकम्पपीडितले प्राधीकरणले भने अनुसारको मापदण्डमा घर बनाउन नसक्ने भन्दै प्रथम र दोस्रो किस्ताको रकम नलगेको शितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारीले बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट बन्न लागेका विद्यालय कहाँ र कति लागतमा बन्दैछ भन्ने बारे आफुलाई थाहा नदिएको नगरप्रमुख अधिकारीले बताए।

नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई ललितपुरले अर्घाखाँचीमा आयोजना गरेको निजी आवास पुनर्निर्माणसम्बन्धी अभिमुखिकरण तथा समीक्षा गोष्ठीमा जिल्लाका स्थानीय तह जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन्। सितगंगा नगरपालीकाका प्रमुख सुर्यप्रसाद अधिकारी, मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्यलगायत विभिन्न नगर एवं गाउँपालीकाका जनप्रतिनिधि सहभागी थिए।

विद्यालय भवन कहाँ कति लागतमा निर्माण हुँदैछ भन्ने छिटै जानकारी दिने पुनर्निर्माण प्राधीरकरणका निमित्त कार्यालय प्रमुख बलराम मि श्रले प्रतिबद्धता जनाए। कार्यक्रममा केन्द्रीय आयोजना निर्देशक गणेशराज वस्ती, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिका सदस्य डा. विष्णुबहादुर भण्डारीले प्राधिकरणले निजी आवास पुनर्निर्माण क्षेत्रमा भए गरेका उपलब्धि, चुनौती तथा समाधानका बारेमा जानकारी दिएका थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल, भवन आयोजनाका उपनिर्देशक झप्परसिंह बिक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिब मनोहर घिमिरे, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने, जिल्ला आयोजना कार्यान्वयन ईकाइ प्रमुख बलराम मि श्र, ईन्जीनियर शन्तोष भुसाललगायतले पनि पुनर्निर्माण बारे बोलेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.