बैतडीका सबै स्थानीय तहमा बैंक

बैतडीका सबै स्थानीय तहमा बैंक

बैतडी : बैतडीका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुगेको छ। सरकारको देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्यअनुसार बैतडीका सबै स्थानीय तहमा बैंक स्थापना गरिएका हुन्। जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबीआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नबिल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा ग्लोबल आईएमई बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक र मेलौलीमा एनसीसी बैंकका शाखा स्थापना भएका हुन्।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंक लगायतका अन्य बैंकका शाखा छन् भने पाटन नगरपालिकाका कृषि विकास बैंक लगायतका निजी क्षेत्रका बैंकले शाखा सञ्चालन गरेका छन्। स्थानीय तहमै बैंक स्थापना भएपछि सरकारी तथा निजी कार्यालयसँगै व्यक्तिगत कामका लागिसमेत सहयोग पुगेको सुर्नया ६ का मुरलीप्रसाद अवस्थीले बताए। उनले भने, ‘गाउँपालिकाको क्षेत्रमा बैंक स्थापना भएपछि हामीलाई सजिलो भएको छ। बैंकका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ।’

‘गाउँपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका लागि खाता खोल्न सदरमुकाम पठाउनुपथ्र्यो। गाउँपालिकामै बैंक स्थापना भएपछि हामीलाई सजिलो भएको छ’, शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले भनिन्। सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले भने, ‘बैंक स्थापना भएपछि खाता सञ्चालन गर्न सजिलो भएको छ। इन्टरनेटको अभावमा केही समस्या भएको छ।’ गाउँपालिकाको सतबाँझमा बैंक स्थापना भएपछि विद्यालयका खातासमेत खोलेको रौलेश्वर माविका प्रधानाध्यापक किशोर महराले बताए। सरकारले २०७४ साउनमै सबै स्थानीय तहमा बैंक पुर्‍याउने भने पनि बैतडीमा एक वर्ष ढिलो गरी बैंक स्थापना गरिएका हुन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.