सामानसहित दुई चोर पक्राउ
राजविराज : सप्तरी प्रहरीले चोरी गरेका सरसमानसहित दुईजनालाई घरबाटै पक्राउ गरेको छ।खोजतलासका क्रममा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका ४ का २४ वर्षीय शिवकुमार साह र २५ वर्षीय जितेन्द्र सदालाई चोरीको सरसमानसहित पक्राउ गरेको जनाएको छ।
शम्भुनाथ नगरपालिका ४ बस्ने बिनोदकुमार दासको घरमा गत आइतबार राति भएको चोरीको अनुसन्धानका क्रममा प्रहरीले खोजतलाश गर्दै जाँदा समानसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी भावेश रिमालले बताए।
घरबाटै पक्राउ परेका उनीहरुको साथबाट नगद ४० हजार तथा एक÷एक थान चाँदीको सिक्री, सोनी कम्पनीको एलइडी टेलिभिजन, लुगा सिउने मेसिन र आईरन बरामद गरेको डीएसपी रिमालले जनाए।
उनीहरुविरुद्ध चोरीको मुद्दा दर्ता गरी बिहीबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।