ब्रान्डिङमा नेपाली फर्निचर
बजारमा पाइने फर्निचर तथा फर्निसिङका सामानमध्ये ५० प्रतिशत हिस्सा नेपाली उत्पादनको छ।
फर्निचर तथा फर्निसिङले तपाईंको घरको सौन्दर्य मात्रै बढाउँदैन काम गर्ने वातावारण पनि दिन्छ। घर सजावटमा प्रयोग गरिने फर्निचर तथा फिर्निसिङले नै हरेक व्यक्तिको मन तान्ने गर्छ। यसको सजावट, आकर्षकता, उपयोगको शैली तथा वातावरणले मानिसलाई ऊर्जा प्रदान गरिरहेको हुने नेपाल फर्निचर तथा फर्निसिङ संघका उपाध्यक्ष सुवेन्द्र जोशी बताउँछन्।
नेपालमा यो क्षेत्रको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत रहेको व्यवसायीको भनाइ छ। नेपालमा बढ्दो बस्ती विस्तार तथा प्रतिव्यक्ति आयस्रोत बढ्दै गएको, घर तथा कोठा सजाउनु अनिवार्य आवश्यकता नै बनिसकेकाले फर्निचर तथा फर्निसिङको प्रयोग बढ्नुलाई सामान्य रूपमा लिन सकिन्छ।
आफ्नो घर सजाउने तथा आकर्षक देखाउन यसको प्रयोग गर्नुपर्छ भनेर आमनागरिक स्तरले पनि बुझ्न थालिसकेकाले पनि घरघरमा प्रयोग बढ्नुलाई सामान्य मान्न सकिने जोशीको बुझाइ छ।
बजारमा पाइने फर्निचर तथा फर्निसिङका सामानमध्ये ५० प्रतिशत हिस्सा नेपाली उत्पादनको छ। ग्राहकले रुचाउँदै जान थालेका, हेर्दा आयातितको तुलनामा त्यति आकर्षक नभए पनि गुणस्तर र टिकाउनमा भने कुनै शंका हुँदैन्। नेपाली उत्पादनको बजार बढ्नुका साथै यसप्रतिको विश्वास दिनप्रतिदिन बढिरहेको जोशी बताउँछन्। नेपालका कुना काप्चासम्म फस्टाइरहेको यो व्यवसायमा वार्षिक ३० अर्बको कारोबार हुने अनुमान गरिएको छ।
कतिपय उत्पादनमा स्वदेशीले नै धान्न सक्ने अवस्था बनिसकेको छ भने कतिपयको बजार पहुँच विस्तारै बढ्न थालेको छ। नेपालमै उत्पादन हुन र नेपाली उत्पादनका फ्लोरिङ, कार्पेट, डोरम्याट, म्याट्रेस, पर्दासहितका उत्पादनमा नेपाली प्रडक्टले धानिसकेको छ। तर, नेपालमा उत्पादित यस्ता सामग्रीका साथसाथै आयातित सामग्रीको प्रयोग पनि रोकिएको भने छैन।
नेपालमा करिब ५० वर्षअघिदेखि फर्निसिङको प्रयोग भएको पाइन्छ। नेपाली फर्निचरको प्रयोग भने परापूर्वकालदेखि नै हुँदै आएको छ। नेपालको जुनसुकै कुनामा जाने हो भने पनि नेपालीले आफ्नै सीप र क्षमतामा बनाएकादेखि आधुनिकीकरण हुँदै गएका उद्योगबाट उत्पादित यस्त फर्निचर देख्न सकिन्छ। यसको महत्त्व र आवश्यकता पनि बढिरहेको छ।
नेपालमा जापानिज प्रविधि तथा युरोपियन स्यान्डर्डबाट निर्मित भारतीय उत्पादन बिक्री गर्ने स्पेसउड फर्निचरका बिजनेस हेड सुधीरसिंह राठोरका अनुसार बजारको आवश्यकता र ग्राहको चाहनाले यसको उपयोग बढाउने गर्छ। ग्राहकको इच्छा, आवश्यकता र बजेटअनुसार बजारमा फर्निचर उपलब्ध हुने गरेको छ। यसले नेपालीलाई आवश्यकपर्ने तथा एउटा घरमा चाहिने सबै प्रकारका फर्निचरका सामग्रीको बिक्री गर्ने गरेको छ।
नेपाली बजारमा भारतीय फर्निचर मात्रै बिक्री गर्ने गरेकाले स्नेपाली ग्राहकले पछिल्लो समय करिब ८० देखि ९० हजार रुपैयाँसम्मका फर्निचर किन्न रुचाउने गरेका छन्। यो रेन्जका फर्निचर रुचाउने ग्राहकको कुल बजारकै ६० प्रतिशत हुने गरेको पनि अग्रवाल बताउँछन्। बजारमा फर्निचर बिक्रीका लागि ल्याइने ग्राहको चाहन र बजेट अनुसारको उत्पादन, ग्राहको सहुलियतका लागि दिइने किस्ताबन्दी, पुरानोसँग नयाँ साट्ने सुविधा, १० वर्षसम्मको वारेन्टी, पानीमा नभिज्ने, धमिराले नखाने तथा आकर्षक उत्पादनबीच भएको प्रतिस्पर्धासहितको सेवा र सुविधाले पनि यसको बजार बढाइरहेको उल्लेख छ।
फर्निचर व्यवसायीका अनुसार पछिल्लो समय चिनियाँ सामानमा भएको म्यालुएसन अनुसारको भन्सार दरले यसको सामान महँगो भएको छ। देख्दा आकर्षक देखिएपनि टिकाउ र तथा ग्राहकको रोजाईका हिसाबले नेपाली उत्पादन वा अन्यमा आकर्षण देखिन थालेको छ। हुन त नेपाली बजारमा चिनियाँ सामानको क्रेज भने कम छैन। सस्तो, हेर्दा आकर्षक र ग्राहक लोभ्याउन सक्ने विशेषता पनि यसमा भएकोले पनि व्यवसायी बताउँछन्।
सहजीकरण आवश्यकता
नेपालमा कार्पेट, डोरम्याट, म्याट्रेसलगायत फर्निसिङमा नेपाल आत्मनिर्भर भइरहेको छ। यसले हाम्रो नेपाली बजार बढिरहेको छ। यसलाई टिकाउन सरकारी सहजीकरण हुनुपर्ने यस क्षेत्रका व्यवसायीको भनाइ छ। काठको उपलब्धता नहुने, भएको काठमलाई पनि सदुपयोग गर्न नसक्दा फर्निचर क्षेत्रलाई आत्मनिर्भर बनाउन सरकारी नीति नै व्यवसायीमैत्री हुनुपर्छ। फर्निचर व्यवसायीले सीधै काठ खरिद गर्न सक्दैनन्, व्यवसायीले सीधै लिलाममा भाग लिन पाउने व्यवस्था छैन। लिलाममा एउटाले किन्ने अनि चिरान मिलमा पुगेपछि मात्र व्यवसायीको हातमा पुग्छ। यसलाई सहजीकरण गर्न सरकारले नै अग्रसरता देखाउनुपर्छ।
व्यवसायीको हातमा पुग्न लागि दुई चरणको प्रक्रिया पूरा गर्नुपर्ने पनि अवस्था छ। सबैले आफ्नो नाफा जोड्दा फर्निचरको लागत बढ्ने गर्छ। व्यवसायीले खरिद गरिएको काठ एक ठाउँबाट अर्को स्थानमा लैजान पनि उस्तै समस्या छ। तयारी फर्निचर सहज रूपमा ढुवानी गर्न सकिन्छ। फर्निचर बनाउनको लागि आवश्यक काठ ढुवानी गर्न सास्ती रहेको व्यवसायी बताउँछन्।
कसरी छनोट गर्ने ?
नेपालमा बनेको सामान पनि गुणस्तर र टिकाउयुक्त बन्दै गएका छन्। हेर्दा आकर्षक लाग्ने कुनै पनि नेपाली उत्पादनको टिकाउन पनि राम्रो हुने भएकोले नेपाली उत्पादलाई सहजै छान्न सकिन्छ। ग्राहकले आफ्नो चाहन र आवश्यकताअनुसार फर्निचर एन्ड फर्निसिङको छनोट गर्न सक्छन्। गुणस्तरीय, आकर्षक र आफ्नो बजेट तथा चाहना अनुसारको सामान छनोट गर्नुपर्छ।
घर र कोठाको आकार अनुसार पनि फिर्निचर खरिद गर्नुपर्ने हुन्छ। कोठा सुहाँउदो फर्निचर किन्न नै सबैभन्दा राम्रो हो। कोठाको बनोटसँग नमिल्ने फर्निचरले कोठाको रूप मात्रै बिगार्छ। कोठमाको प्रकृत्ति, बनोट अनुसार उपयुक्त फर्निचर रोज्नुपर्छ। कोठालाई आधुनिक ढाचामा सजाइएको छ कि, क्लासिक। त्यससँग कम्बिनेसन मिल्ने डिजाइन र रंग उपयुक्त हुन्छ। बजारमा काठ तथा एल्मुनियमको फर्निचर उपलब्ध छन्। काठको तुलनामा एल्मुनियम हल्ला र सस्तो हुन्छ। तर काठको फर्निचर जस्तै आकर्षण देखिँदैन। साथै यो स्वास्थ्यमैत्री हुन्छ।
उचित डिजाइन फर्निचरको डिजाइन छनोट गर्दा धेरै कुरामा ख्याल राख्नुपर्छ। किनभने यो थोरै समयमै बदल्ने वस्तु होइन। त्यसैले यस्तो डिजाइन छानौ, जो आधुनिक देखियोस्। चाँडै पुरानो नदेखियो र टिकाउन पनि होस्।
ग्राहकको रोजाइअनुसार फर्निचर दिन्छौं
-सुधिरसिंह राठोर, स्पेस उड फर्निचर बिजनेस हेड
जापानिज प्रविधि तथा युरोपियन स्यान्डर्डबाट निर्मित भारतकै सर्वोत्कृष्ट मोडुलर फर्निचर उत्पादक कम्पनी हो, स्पेसउड फर्निचर। दुई शताब्दीभन्दा लामो अनुभव भएको यो फर्निचरले भारतमा २५ वर्ष र जापानमा एक सय ८५ वर्षको अनुभव सँगालिसकेको छ। यो कम्पनीले ग्राहकको इच्छा, आवश्यकता र बजेटअनुसार फर्निचर उपलब्ध गराउँछ। यसले नेपालीलाई आवश्यकपर्ने तथा एउटा घरमा चाहिने सबै प्रकारका फर्निचरका सामग्रीको बिक्रीवितरण गर्ने गरेको छ।
नेपाली बजारमा भारतीय फर्निचर मात्रै बिक्री गर्ने गरेकाले स्पेसउडले नेपाली ग्राहकलाई वर्गीकरण गरे एकदेखि पाँच तारेसम्मको ग्राहक बनाउने हो भने यो फर्निचर न्यून मध्यम, मध्यम, उच्च मध्यम र उच्च गरी चारवटा वर्गका नेपालीका लागि उपयुक्त छ। यो कम्पनीले हाल कम्तीमा ४५ हजारको बेडदेखि दुई लाखसम्मका फर्निचरका सामग्री बिक्री गर्दै आएको छ।
ग्राहकको खरिद चाहनाअनुसार करिब ६० प्रतिशतले ८० देखि ९० हजार रुपैयाँसम्मका फर्निचर किन्न रुचाउने गरेका छन्।
हामीले मोडुलर किचेन, कस्टमाइज दराज, कस्टमाइज बार युनिट, क्रोकरी, शु र्याक, सोफा, डाइनिङ टेबलदेखि घरायसी प्रयोजनमा प्रयोग हुने सबै प्रकारका फर्निचरका सामान बेचिरहेका छौं। हाम्रो बजार भनेको काठमाडौं उपत्यका, पोखरा, बुटवल, चितवन, लुम्बनीसहितका सबै प्रमुख सहरमा छ।
हामीले शून्य प्रतिशतको ब्याजदरको किस्ताबन्दीमा पनि फर्निचर दिने गरेका छौं। यसक लागि बैंकले एप्रुभ गरेको हुनुपर्छ। हामीले पुरानो फर्निचर दिएर नयाँ लिने, १० वर्षसम्मको वारेन्टी, नकोरिने तथा धमिराले नखाने, पानीले नभिज्द्दनेसम्मका विशेषतालाई प्राथमिकता दिएर बिक्रीवितरण गरिरहेका छौं।