मोबाइल समयको आवश्यकता

मोबाइल समयको आवश्यकता

 नेपाली समाजमा अझै पनि आईफोन बोक्न अधिकांश उपभोक्ता लालायित हुन्छन्।


भनिन्छ, बाच्‍नका लागि तीन चिज आवश्यक पर्छ, गास, बास र कपास। आधुनिक युगको सुरुवातसँगै मानिसको आवश्यकता बढ्दै गएको छ। सूचनाप्रविधि अधिकांश मानिसको आधारभूत आवश्यकता बनेको छ। यसको बलियो माध्यम हो, मोबाइल। साथीसँग गफ होस् वा अफिसको काम, प्रेमीप्रेमीकाबीचको संवाद, प्रवासमा बस्ने आफन्तजनसँग कुराकानी, राष्ट्रिय/अन्तर्राष्ट्रिय सूचना, नोटकपीदेखि विविध काम गर्न एउटै वस्तु काफी छ, मोबाइल।

पछिल्लो १८ वर्षमा सूचना प्रविधि क्षेत्रमा ठूलो परिवर्तन भएको छ भने त्यो मोबाइल फोनको क्षेत्रमा भएको छ। यो बदलावको कारण आज दुई÷चार वर्ष पहिलेका प्रविधि तथा मोबाइल सेटसमेत इतिहास बनिसकेका छन् जुन त्यो बेलाका सबैभन्दा नयाँ तथा महत्त्वपूर्ण विषय थिए।

कुनै समय नोकिया ब्रान्ड नै मोबाइलको पर्याय बन्ने गरेको थियो। अहिले विभिन्न ब्रान्डबीचको प्रतिस्पर्धाले मोबाइल कम्पनी मानिसको आवश्यकतालाई ध्यानमा राखी मोबाइल उत्पादन गरिरहेका छन्। यो शताब्दीका मानिसको जिवनमा स्मार्टफोन अभिन्न अंगको रूपमा साबित भएको हुवावे मोबाइलकी असिस्टेन्ट म्यानेजर प्रनिशा श्रेष्ठ बताउँछिन्। उनका अनुसार कम्पनीको ध्यान सेवाग्राहीको आवश्यकतामा नै केन्द्रित हुनेगरेको छ। उनले भनिन्, ‘अहिले फोन गर्न मात्रै मिल्ने फिचर भएको मोबाइलले काम दिँदैन। मानिसको दैनिक जिवनयापनमा काम लाग्ने फिचर भएका स्मार्टफोन बजारमा छन्। सबैले आ–आफ्नो आवश्यकताका आधारमा स्मार्टफोन छनोट गर्छन्।’

सेवाग्राहीको आवश्यकताका आधारमा कम्पनीले मोबाइलमा नयाँ फिचर ल्याउने गरेका छन्। सामाजिक सञ्जाल चलाउन सहज, उत्कृष्ट क्यामरा, लामो समय टिक्ने ब्याट्री, छिटो चल्ने सफ्टवेयरजस्ता फिचर सेवाग्राहीको चासोको विषय रहेको श्रेष्ठले बताइन्।

एन्ड्रोइड तथा आईओएस स्मार्टफोनको हाइटेक फिचर तथा त्यसमा इन्स्टल गरिएका एपले मोबाइलको ब्याट्री खपत हुन्छ। यस्तोमा स्मार्टफोनको ब्याट्री एक दिन टिक्यो भने पनि खुसीको कुरा हुन्छ। तर सुरुवाती बेलाका मोबाइल फोनजस्तै नोकिया ११००, नोकिया १०५० तथा सामसुङ एन ३०० जस्ता सेटमा एकपटक मोबाइल पूरा चार्ज गरेपछि हप्तादिन वा त्योभन्दा पनि बढी समयसम्म टिक्थ्यो।

अहिले मोबाइललाई आवश्यकताभन्दा माथि उठेर व्यक्तित्वको चिनारीका रूपमा पनि लिने टे«न्ड चलेको नुबिया मोबाइलका मार्केटिङ प्रमुख पुष्कल खतिवडा बताउँछन्। ‘मोबाइल फोन आधारभूत आवश्यकता हो’, उनले भने, ‘तर, अहिले त्योभन्दा बढी कुन व्यक्तिले कस्तो मोबाइल बोक्छ ? समाजको मूल्यांकनको पाटो बनेको छ।’

लवाइखवाइ सरह स्मार्टफोनले पनि व्यक्तिको ‘पर्सनालिटी’ झल्काउने उनको भनाइ छ। उनले भने, ‘अली अघिसम्म मोबाइल हातमा पाउनु नै आमचासोको विषय थियो। समय बदलियो, अब तपाईंलाई कुन ब्रान्डको कस्तो मोबाइल किन्यो ? भनेर सोध्ने गरिन्छ।’ नेपाली समाजमा अझै पनि आईफोन बोक्न अधिकांश उपभोक्ता लालायित हुन्छन्। यसर्थ नेपाली मोबाइल बजार ‘ब्रान्ड भ्यालू’ले निर्धारण गर्ने ट्रेन्डको विकास हुँदै गएको उनको भनाइ छ।

स्मार्टफोनको टचस्क्रिनले फिचर फोनको किप्याडलाई प्रतिस्थापन गरेको छ। एप्पलको आईफोन सिक्स एस तथा सिक्स एस प्लसमा थ्री डी टच फिचर छ। तर पुराना जमानाका मोबाइल फोन नदेखेका र स्मार्टफोन मात्र देखेका फुच्चेफुच्चीलाई मोबाइलमा म्यासेज पठाउँदा किप्याड थिच्नुपथ्र्यो भन्दा पत्यार नलाग्ला पनि। अझ एउटै कीमा तीनचार अक्षर हुन्थे र अनि एउटै अक्षर लेख्न कैयन पटक की थिच्नुपथ्र्यो।

सन् २००० को आसपास मोबाइल कम्पनीले मोबाइल सेटमा क्यामरा पनि राख्न थाले। त्यसले प्रयोगकर्ता मोबाइल फोन चलाउँदा निकै आश्चर्यचकित बन्थे। मोबाइलबाट कुराकानी गर्न मात्र होइन फोटो खिच्न पनि सकिन्छ भन्ने कुरा उनीहरूलाई आश्चर्य लाग्थ्यो। सबैभन्दा पहिले सामसुङले आफ्नो फोनमा क्यामरा राखेको हो जुन ०.३५ मेगापिक्सेलको थियो। हिजोआज सामान्यभन्दा सामान्य स्मार्टफोनमा पनि १०/१२ मेगापिक्सेलका क्यामरा साधारण कुरा भइसकेका छन्।

हिजोआज स्मार्टफोनमा उत्कृष्ट युजर इन्टरफेसका कारण थ्री डी ग्राफिक्सयुक्त गेमसम्म इन्स्टल गरेर खेल्न सकिन्छ। तर पुराना दिन अर्कै थिए। मोबाइल सेटमा सीमित गेम हुन्थे र सबैभन्दा चर्चित तथा लोकप्रिय मोबाइल गेम थियो स्नेक गेम अर्थात् सर्पखेला। यो नोकियाको मोबाइल फोनमा हुन्थ्यो। आजकल फोन गर्दा पनि फोनकलको पैसा बढीभन्दा बढी सस्तो बनाउन टेलिकम सेवाप्रदायकमा प्रतिस्पर्धा छ। तर सुरुवाती दिनमा कुरा बेग्लै थियो। फोन गर्दा पैसा लाग्नु त सामान्य भयो, फोनकल उठाउँदा पनि रोमिङ चार्जका रूपमा पैसा लाग्थ्यो। नयाँ वालपेपर राख्न, रिङटोन बदल्न पनि पैसा तिर्नुपथ्र्यो।

आजकल स्मार्टफोन सेट निकै कच्ची हुन्छन्। एकपटक खस्यो भने कम्तीमा पनि स्क्रिनको सिसा त फुटेकै हुन्छ। अलि बढी बज्रियो भने त पूरै सेट नै काम नलाग्ने भइदिन्छ। तर सुरुवाती अवस्थाका मोबाइल सेट यति बलिया हुन्थे की ती जतिपटक भुइँमा खसुन् फुट्ने भन्ने त कुरै थिएन।

अहिले एप्पलका महँगा आईफोन हुनुजस्तै ऊ बेला नोकियाको मोबाइल फोन हुनुमा सान थियो। सन् २००५ मा नोकियाको ११०० मोडलका फोन विश्वभरमा गरी २५ करोड गोटा बिक्री भएका थिए। त्यस्तै नोकियाका ३२१० मोडलका १६ करोड वटा सेट बिकेका थिए 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.