सार्वजनिक जग्गा व्यक्तिको नाम गर्ने चार कर्मचारीविरुद्ध मुद्दा
काठमाडौं : सार्वजनिक जग्गा व्यक्तिको नाम दर्ता गरी अनियमितता गरेको आरोपमा नापी अधिकृतसहित चारजना कर्मचारीलाई शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
अख्तियारले नापी कार्यालय भैरहवाका नापी अधिकृत घनश्याम दुवे र नापी सर्वेक्षक शौकात अली खाँ तथा मालपोत कार्यालय भैरहवाका नासु बलराम श्रेष्ठ र वडा सचिव धनेशचन्द्र गुरूङविरुद्ध मुद्दा दायर गरेको हो।
रुपन्देही सिद्धार्थनगर ३ का अन्जनी बाँनियाको नामको जग्गा हाल साविक गर्दा सरकारी जग्गा दर्ता गरेको पाइएपछि उनी विरुद्ध पनि मुद्दा दायर गरिएको छ। बानियाँको नाम ६ कठ्ठा ६.५ धूर जग्गा दर्ता गराएको पाइएको छ।