पति विदेशमा, घरमा पत्नीलाई काटेर विभत्स हत्या

पति विदेशमा, घरमा पत्नीलाई काटेर विभत्स हत्या

राजविराज : सप्तरीको सप्तकोशी नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ  । सप्तकोशी नगरपालिका–१० सन्तपुरका रमेश श्रेष्ठकी पत्नी २६ वर्षीया पदिकी शेर्पा श्रेष्ठको शव रक्ताम्य अवस्थामा शुक्रबार फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

जेठाजु सुजन श्रेष्ठका अनुसार धारिलो हतियारले मृतकको टाउकोमा दशौं पटक प्रहार गरेर हत्या गरिएको अवस्थामा चन्द्र नहरको शाखा रहेको पानीको खोल्सीमा शव फेला परेको हो । मृतकका पति रमेश वैदेशिक रोजगारका लागि दुई वर्षदेखि मलेशियामा छन् । 

रमेशकी जेठी पत्नीले अर्केसँग विवाह गरेपछि पाँच वर्षअघि भोजपुरकी पदिकीसँग रमेशले विवाह गरेका थिए । पति विदेशिएपछि पदिकी देवर १६ वर्षीय सुब्बा श्रेष्ठ, सौताका आठ वर्षीय छोरा र बहिनीकी चार वर्षीय छोरीसँग बस्दै आएकी थिइन् । 

टिनको नयाँ घर बनाएको अवसरमा पदिकीले राति घरमै पार्टी गरेकी थिइन् । देवर सुब्बाले त्यस पार्टीमा घर बनाउने मिस्त्री हरेराम, भाउजू र आफू मात्र रहेको बताएका छन् । हत्याको आशंकामा प्रहरीले छिमेकी ३६ वर्षीय सन्तोष तामाङ्ग र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ । 

तामाङ्गको घरबाट रगत लागेको खुकुरी र बञ्चरो फेला परेपछि अनुसन्धानका लागि उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । तामाङ्ग दम्पतिले भने मासु काटेको रगत लागेको भन्दै काटिएको मासुसमेत देखाएका छन् ।

प्रहरीले अनुसन्धानका लागि मिस्त्री हरेराम र देवर सुव्बालाईसमेत नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ । शव पोष्टमार्टमका लागि राति ८ बजे राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ । 

लाशको शनिबार विहान पोष्टमार्टम गरी अनुसन्धान अगाडि बढाइने इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतीक विष्टले बताए । हत्याको कारण खुल्न नसकेको उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.