२०१८ मा पहिलो दिन सर्वाधिक कलेक्सन गर्ने १० फिल्म
मुम्बई : कुनै पनि फिल्मका लागि पहिलो दिनको कलेक्सन धेरै महत्त्वपूर्ण हुन्छ। किनकि यही कलेक्सनको आधारमा फिल्मको पहिलो साताको व्यापार आकलन गरिन्छ। त्यसैले पहिलो दिन दर्शक जुटाउन निर्माता, निर्देशक र कलाकार अनेक जुक्ति लगाउँछन्। उनीहरू सहर घुम्नेदेखि टीभी सोहरूसम्म पुग्ने गर्छन्।
बिदा वा चाडपर्वको दिनमा फिल्म रिलिज गर्न निर्माता निर्देशकको दौडभुप अझ धेरै हुन्छ। यही कारण ‘ठग्स अफ हिन्दुस्तान’ जस्तो फ्लप फिल्मले पनि पहिलो दिन ५२.२५ करोड कलेक्सन गरेको थियो। यो वर्ष रिलिज भएका अन्य हिन्दी फिल्मभन्दा यो फिल्मको पहिलो दिनको कलेक्सन सर्वाधिक हो। यो फिल्मको लाइफ टाइम कलेक्सन एक सय ५० करोड पनि भएन। फिल्मले लाइफ टाइम बिजनेसको एक तिहाइभन्दा धेरै कमाइ पहिलो दिनमा नै गरेको थियो।
फिल्म सञ्जुले पहिलोे दिन ३४.७५ करोड रुपैयाँ कलेक्सन गरेको थियो। यसले तीन सय करोड कमायो। बागी–२ र सत्यमेव जयतेजस्ता फिल्मले पनि पहिलो दिन राम्रो कलेक्सन गरेका थिए। टाइगर श्राफको फिल्मले २५.१० करोड र जोनको फिल्मले १९.५० करोड कलेक्सन गरेर सबैलाई चकित बनाए। गोल्ड र सत्यमेव जयते एकै दिन रिलिज भएका थिए। दुवै फिल्मको कुल कलेक्सन लगभग ४५ करोड थियो।
१) ठग्स अफ हिन्दुस्तान : ५२.२५ करोड
२) सञ्जु : ३४.७५ करोड
३) रेस–३ : २८.५० करोड
४) गोल्ड : २५.२५ करोड
५) बागी–२ : २५ं१० करोड
६) पद्मावत : २४ करोड
७) २.० : २०.२५ करोड
८) जिरो : २०.१४ करोड
९) सत्यमेव जयते : १९.५० करोड
१०) वीरे दी वेडिङ : १०.७० करोड