राजधानी पेचिलो, नामकरण सहज

राजधानी पेचिलो, नामकरण सहज

बुटवल : प्रदेश ५ को नामकरण र राजधानीका लागि सुझाव दिन गठित संसदीय समितिको काम प्रभावकारी हुन सकेको छैन । जसका कारण सरकार गठनको वर्ष दिनसम्म पनि प्रदेशले न नाम पाएको छ न त स्थायी राजधानी नै ।

गत साउनमा प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन संसद्ले १५ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले पहिलो तीन महिनाको म्याद सकिँदासम्म कुनै प्रतिवेदन दिन सकेन । समितिले सभापतिसमेत नचुनी तीन महिना गुजारेपछि पुनः तीन महिनाको म्याद थप भएको छ ।

समिति गठनको झण्डै पाँच महिनापछि बल्ल सुझाव संकलनका लागि जिल्ला जाने कार्यविधि पारित भएको छ । विशेषाधिकार समितिको शुक्रबार बसेको बैठकले कार्यविधि पारित गरेको हो ।

यो कार्यविधि पारित भएसँगै सांसदहरू सुझाव संकलनका लागि प्रदेशका १२ वटै जिल्लामा पुग्ने समिति सदस्य रमा अर्यालले बताइन् । समितिले जिल्लामा जनप्रतिनिधि, राजनीतिक दल र बुद्धिजीवीसँग छलफल चलाउनेछ । छलफलबाट आएको सुझावलाई प्रतिवेदनमा राखिने छ । तर, प्रदेश ५ को राजधानी बुटवल वा दाङ बनाउने विषयमा सत्तारुढ नेकपा र प्रतिपक्ष दल कांग्रेस भूगोलअनुसार विभाजित छन् ।

राजधानीबारे कसको मत के ?

नेकपाभित्रै राजधानीको विषयमा तीव्र मतभेद छ । ‘राजधानी कस्तो बनाउने भन्ने कुरा महत्वपूर्ण हो, अर्काे काठमाडौं बनाउन आवश्यक छैन’, उनले भने, ‘प्लानिङ गरेर नमुना राजधानी बनाउनु अहिलेको आवश्यकता हो । जुन राजधानीप्रति भावी पुस्ताले गर्व गर्न सकून ।’ राजधानी बनाउनेपर्ने हठ सबैले त्याग्नुपर्ने उनले बताए । बुटवललाई नै राजधानी बनाउने लबिङमा छन् नेकपा महासचिव विष्णु पौडेल । राष्ट्रियसभा सचेतक खिमलाल भट्टराईले मुख्यमन्त्रीसँगै बुटवललाई राजधानी बनाउन माग गरेका थिए । 

केही दिनअघि बुटवलमा भएको सार्वजनिक कार्यक्रममा उनले भने, ‘प्रदेश ५ लाई अखण्ड बनाउन बुटवलले महत्वपूर्ण भूमिका खेल्यो । यसको उपहार राजधानी यही हुनुपर्छ ।’ कांग्रेस प्रतिनिधिसभाका मुख्य सचेतक बालकृष्ण खाँणले रुपन्देहीबाहिर राजधानी तोकिए आन्दोलन नै गर्ने चेतावनी दिए ।

 प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले सार्वजनिक कार्यक्रममा दाङमै राजधानी हुने दाबी गर्दै आएका छन् । सरकारले राजधानी र नामाकरण विवादरहित बनाउने बताउँदै आएको छ । तर सांसदहरू भने आ-आफ्नो क्षेत्रमै राजधानी हुनुपर्ने पक्षमा छन् । उक्त विशेष समितिमा रहेका सांसदले पनि दाङ र बुटवलकै पक्षमा लबिङ गरिरहे ।

 १५ सदस्यीय समितिमा बुटवल राजधानी हुनुपर्ने पक्षले बहुमत पाएको छ । यसमा तीन सदस्य थप गर्नुपर्ने तर्कसमेत गरिएको छ । तर समितिको प्रतिवेदन नै अन्तिम भने होइन । समिति सदस्य तुल्सी चौधरीले मंसिर २६ गतेको संसद् बैठकमा समितिमा सदस्य थपको औचित्य नरहेको बताए । ‘सदस्य थप राजनीतिक कुरा हो, तर यही समितिले पनि काम गर्न सक्छ’, उनले भने । 

शुक्रबारको समितिको बैठकले जनताको सुझाव संलकनका लागि ६ वटा कार्यदल बनाएको छ । पुस १८ गतेको संसद् बैठकमा सभासँग समय मागेर जिल्लामा जाने निर्णय बैठकले गरेको सदस्य चौधरीले बताए । प्रदेशका सबै जिल्लामा छुट्टा-छुट्टै कार्यदल सुझाव संकलनका लागि जानेछन् । समिति सुझाव संकलनमा हिँडे पनि बाँकी समयावधिमा प्रतिवेदन आउने सम्भावना भने निकै कम रहेको सदस्यहरू बताउँछन् । 

राजनीतिक निर्णय नहुँदासम्म समितिको म्याद थपिरहने कांग्रेसका एक सांसदले बताए । ‘नेकपाका नेताहरू नमिल्दासम्म समितिको म्याद थपिरहन्छ’, उनले भने, ‘यो जनतालाई छारो हाल्न गठन गरिएको समिति हो ।’ प्रदेशको राजधानी पेचिलो रहे पनि नामकरणमा भने विवाद नहुने देखिएको छ । अधिकांश सांसद बुद्धजन्मस्थल लुम्बिनीलाई जोडेर नामकरण गर्न सहमत छन् ।

जिल्ला जान बजेट माग

विशेष समितिले सुझाव संकलनका लागि जिल्लामा जान बजेट माग गर्ने निर्णयसमेत गरेको छ । ६ वटा कार्यदलले हरेक जिल्लामा छलफल गर्नुपर्ने भएकाले बजेट माग गरिएको सदस्य चौधरीले जानकारी दिए । समितिले विशेष समितिका सदस्य सुझाव संकलनमा जादा संसद स्थगित गर्नुपर्ने समेत बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.