खाडा अग्नीपीडितलाई राहत जुट्दै

खाडा अग्नीपीडितलाई राहत जुट्दै

कालिकोट : कालिकोट खाडाका अग्नी पीडित बालबालिकाहरुलाई राहत वितरण गरिएको छ । हाल चीनमा बस्दै आएका जिल्लाको रकु निवासी युवा व्यवसायी दिलबहादुर कठायत, केशव कठायत लगायत चीनमा रहेका नेपालीहरुको सहयोगमा खाडामै पुगेर अग्नीपीडित बालबालिकाहरुलाई राहत वितरण गरिएको हो । 

 खाडाका अग्नी पीडित बालबालिकाहरुलाई तत्कालका लागि ४ सय थान स्वीटर, ४ सय  थान टाउजर, बालबालिलाई ४ सय थान कापी, ४ सय थान कलम गरी१ लाख ३० हजारको बराबरको सामान र खाडास्थित गण्ोश आधारभूत बिद्यालयलाई ७० हजार नगद सहयोग गरिएको दिलबहादुर कठायतले बताए । 

आगलागीमा हुँदा १३० जना बालबालिकाहरु प्रभावित भएको समाचार अन्नपूर्ण पोष्टमा पढेपछि आफूहरुले सहयोग जुटाई भाइ केशब कठायतलाई खाडामै पठाएर राहत वितरण गरिएको दिलबहादुरले बताए । 

उनले यसअघि पनि व्यक्तिगत लगानीमा रकुमै आएर निशुल्क स्वास्थ्य शिविरसंचालन गरेको थिए । 


       

खाडाका आगलागी पीडितहरुलाई राहत जुट्ने क्रम जारी छ। पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले खाडाको बस्ती पुननिर्माणका लागि व्यक्तिगत रुपमा १५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले ८ लाख ७० हजार हजार दिने निर्णय गरेको नेपाल तरुण दलका माहासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिएका छन् । 
      
 कालिकोट कै रास्कोट नगरपालिकाले १ लाख, तिलागुफा नगरपालिकाले २ लाख ५१ हजार, शान्नीत्रिवेणी गाँउपालिकाले २ लाख, पचालझरना गाँउपालिकाले १ लाख ५१ हजार, नरहरीनाथ गाँउपालिकाले २ लाख, शुभकालिका गाँउपालिकाले १ लाख ५१ हजार दिने घोषणा गरेका छन् ।

 त्यसैगरी काठमाडौं अध्यायरत विद्यार्थीहरुले २४ बोरा लत्ताकपडा संकलन गरी कालिकोट ल्याउने तयारी भएको उमाकान्त न्यौपानेले जानकारी दिए । 

नेत्रबिक्र चन्द विप्लव नेतृत्वको नेकपाले खाडामै पुगेर प्रतिपरिवार २ हजार नगद र ३ थालीका दरले राहत बाँडेको छ । 
सम्बन्धित फोटो । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.