फोटोमा हेर्नुस् भोजपुरको बस दुर्घटना

फोटोमा हेर्नुस् भोजपुरको बस दुर्घटना

भोजपुर : भोजपुर सदरमुकाबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबाहक बस सदरमुकामकै देउराली चोकछेउमा ब्रेक फेल भई दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यू भएको छ। चालकसहित ८ जना गम्भीर घाइते भएका छन्।

सदरमुकामबाट शनिबार बिहान ११ बजेको छुटको बस ब्रेक फेल भई पल्टिँदा अरुण गाउँपालिका ३ प्याउलीकी ४९ वर्षिया हेमकुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको हो।

१६ जना यात्रु बोकेको सुम्निमा पारुहाङ यातायातको यात्रुबस दुर्घटना हुँदा रामप्रसाद राई गाउँपालिका ८, बासीखोराका किशोर राई, अरुण गाउँपालिका ३, प्याउलीकी दिलमाया कार्की, प्याउलीकै विष्णुमाया कार्की, भोजपुर नगरपालिका १०, भैँसीपंखाकी सीताकुमारी राई, भोजपुर सदरमकामकी गोमा तामाङ, महालक्ष्मी नगरपालिका ४, धनकुटाका पुष्पबहादुर पौडेल, लिकुवापोखरी संखुवासभाका भुवनसिं तामाङ र विराटनगर घर भएका बस चालक आशाराम सरदार गम्भीर घाइते भएका हुन्।

घाइते सबै यात्रुहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

हेर्नुस् भोजपुर सदरमुकाम देउराली चोकस्थित दुर्घटनाग्रस्त यात्रुबसका फोटोहरूः


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.