तमु ल्होसारको दिन, १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा
पोखरा : गुरुङ जातिको उल्लेख्य बसोबास रहेको गण्डकी प्रदेशमा यहाँको सरकारले पुस १५ गते पर्ने तमु ल्होसारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषदको शुक्रबारको बैठकले उक्त विदा निर्णय गरेको हो । यस दिन प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा गर्ने मन्त्रिपरिषद निर्णय हो ।
गण्डकी प्रदेशमा केही महिनायता तमु ल्होसारमा बिदा दिनुपर्ने माग उठ्दै आएको थियो । १ वर्षमा बढीमा ६ दिन विदा घोषणा गर्न सक्ने संघीय कानुन छ ।