कालिकोटका आगलागी पीडितलाई मनाङका सांसद कर्मा घलेको सहयोग

कालिकोटका आगलागी पीडितलाई मनाङका सांसद कर्मा घलेको सहयोग

काठमाडौं : नेपाली कांग्रेसका संघीय सांसद कर्मा घलेले कालिकोट जिल्ला पँतला गाउँपालिका–१ खाँडागाउँस्थित न्यौपाने बस्तीमा भएको आगलागीका पीडितहरुको लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

घलेले कालिकोट नेपाली कांग्रेसका जिल्ला सभापति हर्षबहादुर बममार्फत काठमाडौंमा एक कार्यक्रम गर्दै सहयोग रकम हस्तान्तरण गरेका हुन् । ‘जो जहाँ भए पनि एकले अर्काको दुःखमा साथ दिनुपर्ने’ भन्दै मनाङका बासिन्दा घलेले मानवताका नाताले पीडितहरुलाई सहयोग गरेको बताए ।

यस्तो दुखद अवस्थामा पीडितलाई साथ दिन सबैसँग आग्रह समेत गरेका छन् । कालिकोट अगलागीका पीडीतलाई गरेको सहयोगका लागि कांग्रेस जिल्ला सभापति हर्षबहादुर बमले सांसद घलेलाई धन्यवाद दिँदै ठूलो राहतको महसुश हुने बताए ।

आगलागीका पीडित परिवार पालमा बस्न बाध्य भएको र चिसोका कारण उनीहरुको अवस्था कठिन बन्दै गएको बमले जानकारी गराए । उनीहरुलाई खध्यान्न, न्यानो कपडा लगायत समस्या भएको कारण थप सहयोग अवश्यक रहेको भन्दै सबै नेपालीहरुलाई सहयोग गर्न बमले आग्रह गरे ।

कालिकोटको दुर्गम गाउँ खाँडाको न्यौपाने बस्तीमा गत पुस ९ गते आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका थिए । आगलागीमा परी ५ जना घाइते भएका थिए भने दर्जनौ पशु चौपाया मरेका थिए । कालिकोटको बिकट गाउँ खाँडा पुग्न सदरमुकाम मान्मादेखि गाडी र पैदल यात्रा गर्दा ८ घन्टा लाग्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.