राजपामा चर्को विवाद : पार्टी सचेतककै नेतृत्वमा महतोको पुतला जलाइयो

राजपामा चर्को विवाद : पार्टी सचेतककै नेतृत्वमा महतोको पुतला जलाइयो

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा आन्तरिक विवाद बढ्दै गएर उत्कर्षमा पुगेको छ ।

गुट–उपगुटमा विभाजित भइ एक पक्षले अर्को पक्षको अस्तित्व स्वीकार गर्न नसक्ने भएपछि आन्दोलनमै उत्रिएका छन् । पार्टीको जिल्ला कार्य समितिमा विवाद बढ्दै गएपछि शुक्रबार राजपाका केन्द्रीय सदस्य तथा प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साहको नेतृत्वमा नेता कार्यकर्ताहरुले अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको पुतला नै दहन गरे ।

संयोजक महतोले एक विज्ञप्ति जारी गर्दै धनुषा अध्यक्ष मण्डलका ६ जना सदस्यमध्येबाट देवकृष्ण मण्डललाई हटाएर विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानुलाई सदस्यमा मनोनित गरेपछि विवाद चर्किएको हो ।

शरतसिंह भण्डारी नेतृत्वको तत्कालिन राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट अध्यक्ष मण्डलका सदस्य रहेका मण्डललाई हटाएर उनकै पार्टीका विद्यार्थी नेता झालाई सदस्य बनाएपछि महतोको विरोध भएको हो ।

अध्यक्ष मण्डलबाट हटाइएका मण्डल र महन्थ ठाकुर पक्षधर नेता कार्यकर्ताहरुले स्थानीय जनक चोकमा महतोको पुतला दहन गर्दै उनी विरुद्ध नाराबाजी समेत गरेका थिए ।

संयोजक महतोले हैकमवादी प्रवृत्ति देखाउँदै अध्यक्ष मण्डलबाट आफूलाई हटाएको आरोप नेता मण्डलको छ । महतोको निर्णयलाई व्यक्तिवादी निर्णय भन्दै विरोध गरेको उनले बताएका छन् ।

पार्टीको महाधिवेशन नजिकिँंदै गर्दा संयोजक महतोले यसरी अध्यक्ष मण्डलमा फेरदल गर्नु नै उनको लागि प्रत्युत्पादक मानिएको छ । सचेतक परमेश्वर साहले पनि महतोले व्यक्तिगत रुपमै पार्टी विधान र नीति नचलेको भन्दै एकल निर्णय र हैकमवाद उचित नरहेको बताए ।

यता, विवादकै बीच अध्यक्ष मण्डलमा चयन भएका नयाँ सदस्य ज्ञानेन्द्र झा ज्ञानुले पदभार सम्हालेका छन् । मधेस आन्दोलनमा आफूले पुर्याएको योगदानको कदर गर्दै आफूलाई पार्टीले जिम्मेवारी दिएको ज्ञानुको भनाइ छ ।

संयोजक महतोले पार्टीको केन्द्रीय सचिवालयको निर्णयलाई आधिकारिकता दिएको हुनाले यसको विरोध कसैले गर्नु मुर्खता मात्र हुने झाको जिरह छ । पार्टीभित्र कलह बढेको अवस्थामा शनिबार केन्द्रीय सदस्य तथा जिम्मेवार पदाधिकारीहरुको अनौपचारिक बैठकले सचेतक साहकै उपस्थितिमा महतोको पुतला दहन हुनु घोर निन्दनीय रहेको ठहर गरेको छ ।

अध्यक्ष मण्डलका सदस्य संजय सिंहको नेतृत्वमा बसेको बैठकमा जिम्मेवार नेताले नै पुतला दहन गरेकोमा पार्टीकै अपमान ठहर गर्दै यस्ता क्रियाकलापमा संलग्न भएकाहरुबारे केन्द्रीय कमिटीलाई जानकारी गराउने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.