ट्रक पल्टिँदा एकजनाको मृत्यु, एक घाइते

ट्रक पल्टिँदा एकजनाको मृत्यु, एक घाइते

धनकुटा : धनकुटा–६ पात्लेखोलामा शनिबार साँझ ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

धनकुटाबाट धरान जाँदै गरेको बा ३ ख ६१५१ नम्बरको ट्रक ब्रेक फेल भइ सडकमा पल्टिँदा लोड भएको बाँसले लागेर पैदल यात्री ६२ वर्षीय गुरुप्रसाद दाहालको मृत्यु भएको हो ।

ट्राफिक प्रहरी कार्यालय धनकुटा प्रमुख सुरेन्द्र खड्काका अनुसार घाइते भएका दाहालको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा ट्रकका सह–चालक घाइते भएका छन् । उनको धनकुटा अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.