इटालियन पेस्तोलसहित चार युवा पक्राउ

इटालियन पेस्तोलसहित चार युवा पक्राउ

भक्तपुर : सशस्त्र प्रहरीले भक्तपुरको भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित च्वंगा गणेश रेस्टेरेन्टबाट शनिबार एक थान इटालियन पेस्तोलसहित चारजनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनामा आधारमा सशस्त्र प्रहरी बलको भक्तपुर ब्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्रमा रहेको २८ गुल्मबाट खटिएको सशस्त्र प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

गुल्मका प्रमुख गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशकुमार सुवेदीका अनुसार मुगु घर भइ हाल सुर्खेत बस्ने २२ वर्षीय भीमप्रसाद दाहाल, कालीकोट घर भइ भक्तपुर सल्लाघारी बस्ने २१ वर्षीय बलजीत शाही, २५ वर्षीय मोतीलाल शाही र १८ वर्षीय जगेश शाहीलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिएकामध्ये मोतीलालको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल एकथान, त्यसमा लाग्ने गोली पाँच राउन्ड र एक थान म्याग्जिन बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । उनले उनीहरुको साथबाट १२ हजार दुई सय एक रुपैयाँ र दुई थान मोबाइलसमेत बरामद भएको बताए ।

शनिबार दिउँसो साढे तीन बजे सल्लाघारीस्थित च्वंगा गणेश रेस्टुरेन्टमा हतियारसहितका व्यक्तिहरु बसेको भन्ने विशेष सूचना प्राप्त भएको उनी बताउँछन् । उक्त सूचना पाउनासाथ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक देवसिंह भाटको नेतृत्वमा खटिइ गएको टोलीले ती व्यक्तिहरुलाई इटालियन पेस्तोलसहित नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।

गुल्मले शनिबार नै उनीहरुलाई सार्वजनिक समेत गरेको छ । सार्वजनिक गरेपछि आवश्यक कानुनी कारबाहीको लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरको जिम्मा लगाइएको गुल्मले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.