रौतहट खुल्ला दिसामुक्त क्षेत्र घोषणा

रौतहट खुल्ला दिसामुक्त क्षेत्र घोषणा

  

रौतहट : राैतहट जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार गौरमा आयोजित कार्यक्रममा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन्।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सरसफाइले नै समाजको विकासको आधार तय गर्ने र समाजको स्तर कस्तो छ भन्ने बारेमा जानकारी गराउने बताएका छन्।

सरसफाई बिना समाजको विकास पछाडि पर्ने भएकाले आम जिल्लाबासीलाई  त्यसतर्फ ध्यान दिन मुख्यमन्त्री राउतले आग्रह गरेका छन्। याे कार्यसँगै राैतहट प्रदेश नम्बर २ को तेश्रो तथा नेपालको ६३ ‌औँ खुल्ला दिसामुक्त क्षेत्र भएकाे छ।  

खानेपानी सरसफाई डिभिजनको इकाई कार्यालय गौरका डिभिजन प्रमुख अनिल केसरीले रौतहट जिल्लाको एक लाख चार हजार ७६ घर धुरीमध्ये १८ हजार ७ सय ३३ घरधुरीमा यो अभियान शुरु हुनुभन्दा पहिले नै  शौचालय निर्माण भएको र अभियान संचालन भएपछि ८२ हजार ७ सय ६७ घरधुरीमा तीन वर्षभित्रमा शौचालय निमार्ण भएको बताएका छन्।

जिल्लामा  २ हजार ५ सय ७६ घर पिरवारको आफ्नो जग्गा नहुँदा शौचालय बनाउन नसकेको र अर्काको शौचालय प्रयोग गरिरहेको समेत कार्यक्रममा जानकारी गराइएको छ। खुल्ला दिसामुक्त क्षेत्र बनाउन विभिन्न आईएनजिओको चार करोड ४७ लाख र नेपाल सरकारको एक करोड ४७ लाख गरी ५ करोड ७४ लाख रकम सहजीकरणमा खर्च भएको जानकारी डिभिजन प्रमुख केसरीले दिएका छन्।

स्थानीय तहबाट  अभियानमा कति खर्च भयो भन्ने तथ्या‌‌क छैन। जिल्लामा १६ नगर र २ गाउपालिका रहेका छन्। ग्रामीण भेगहरुमा रहेका धेरै घरहरुमा शौचालय नभए पनि हचुवाको भरमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको भन्दै धेरैले आलोचनासमेत गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.