शिक्षकको चुनावमा दलका नेता हाबी​

शिक्षकको चुनावमा दलका नेता हाबी​

वीरगञ्ज : वीरगञ्जमा शनिबार भएको शिक्षकहरुको पेशागत चुनावमा राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहिता विपरित प्रत्यक्ष हस्तक्षेप गरेर मतदातालार्इ प्रभावमा पारेका छन्। वीरगञ्जको श्रीपुर स्थित नेपाल राष्ट्रिय श्रीपुर विद्यापिठ मावि परिसरमा शनिबार भएकाे नेपाल शिक्षक महासंघ पर्साको निर्वाचनमा मतदानस्थल परिसरभित्र र बाहिर उम्मेदवारभन्दा दलका नेता कार्यकर्ता नै मतदाताहरुसंग मत माग्न बढि व्यस्त थिए। दलका नेता कार्यकर्ताले  मतदानस्थल परिसर भित्र पसेर शिक्षक मतदाताहरुसंग मत मागे।

विद्यालयमा बिहान १० बजेदेखि मतदान भएको थियो। मतदान सुरु हुन अघि नैै मतदान स्थलमा प्रवेश गरेका कांग्रेस, नेकपा, संघीय समाजवादी फोरम नेपाल, राजपा लगायतका दलका केन्द्र र जिल्ला स्तरका नेता, प्रदेश सभा सदस्य, पूर्वमन्त्री, पूर्व सांसदका तथा कार्यकर्ताले लाइनमा बसेका मतदाताहरुसँग हात नै जोडेर आफ्नाे दल निकटको संघसंगठनलाई मत मागेका थिए। मतदान स्थल परिसर बाहिर पनि सयौंको संख्यामा दलका नेता र कार्यकर्ता दिनभर भेला भएर आ–आफनो दल निकटका उम्मेदवारको पक्षमा मत माग्दै थिए। 

मतदान चलिरहँदा मतदानस्थलमा कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसीया, पूर्व केन्द्रीय सदस्य एंव पूर्वमन्त्री सुरेन्द्र चौधरी, पर्सा जिल्ला सभापति अजय द्धिवेदी, पूर्व सांसद अनिल रुङगटा, नेकपाका प्रदेश कमिटी सदस्यहरु प्रभु हजरा, विजय महत्तो थारु, बालगोपाल थापा, पूर्वमन्त्री नागेन्द्र चौधरी, नेता बसरुद्धिन अन्सारी, फोरम नेपालका केन्द्रीय सदस्य वीरेन्द्र यादव, जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी, केन्द्रीय परिषद् सदस्य शीवजी सोनी, फोरमकै प्रदेश सभासदस्यहरु प्रहलाद गिरी, सिंहासन कलवार साथै गाँउपालिका र नगरपालिकाका प्रमुख  लगायतका नेताहरुले मतदाता शिक्षकहरुसँग मत मागेका हुन्। 

 
निर्वाचन आचार संहिता विपरित मतदान स्थल परिसरमै पसेर दलका नेता र कार्यकर्ताले लाइनमा बसेका मतदातालाई प्रभावमा पार्ने गतिविधि गरेको भन्दै प्रमुख निर्वाचन अधिकृत सन्तोष श्रीवास्तवले आपत्ति जनाएका थिए। त्यसपछि प्रहरीले मतदान परिसरबाट मतदाता बाहेक अरुलाई बाहिर निकालेको थियो।    

प्रमुख निर्वाचन अधिकृत सन्तोष श्रीवास्तवले दलका नेता कार्यकर्ताहरुले निर्वाचन आचार संहिता विपरितको काम गरेको बताएका छन्। 

‘मतदाता र निर्वाचन समितिका कर्मचारीबाहेक दलका नेता कार्यकर्ता वा अरु कोहि पनि मतदान स्थलमा छिर्छ र मतदातालाई प्रभावमा पार्ने काम गर्छ भने त्यो सरासर निर्वाचन आचार संहिता विपरितको काम हाे, प्रमुख निर्वाचन अधिकृत श्रीवास्तवले भने,‘ त्यसैले मतदानस्थलमा सयौंको संख्यामा दलका नेता कार्यकर्ताले छिरेर मतदातासँग मत मागेको देखिएपछि प्रहरी लगाएर उनीहरुलाई मतदानस्थल परिसर बाहिर निकाल्न लगाएको हुँ।’ 
 
मतदानस्थल परिसरमा दलका नेता कार्यकर्ताको चलखेल देखेर अचम्ममा परेका नेकपाका एक युवा नेताले  नाम नबताउने शर्तमा भने,‘ नेताहरुको चलेखेल र हस्तक्षेप त  हदभन्दा बढि भइसक्यो, शिक्षकको पेशागत चुनाव भनिए पनि यो त दलको चुनाव जस्तै भएको छ।’
 
स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा दलीय उम्मेदवारलाई जिताउन सबैभन्दा बढि भूमिका शिक्षकले नै खेल्छन् ,  शनिबार मतदानस्थल परिसरमा भेटिएका एक शिक्षकले भने ,‘ त्यसैले अहिले नेताहरुले आफ्नो दल निकटका शिक्षकलाई जिताउन मरिमेटेका छन्।’ 

 

   
    

    

    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.