सोलार स्टोरले फाइदा

सोलार स्टोरले फाइदा

बेनी : एक सय बोट सुन्तलाखेती गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका ठाकुरप्रसाद बरुवालले सिजन भए पनि मंसिर–पुसमा सुन्तला बेच्दैनन्। बरुवालले बेसिजनमा बेच्नलाई सेलार स्टोरमा सुन्तला भण्डारण गरेर राखेकाले अहिले नबेचेका हुन्।

बरुवाल मात्र नभएर बिरौटाका धेरैजसो कृषकले बगैचाको सुन्तला टिपेर वाताअनुकूलित सेलार स्टोरमा राखेका छन्। ‘अहिले ५० रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुने सुन्तलाको मूल्य चार महिना पछि डेढ सय रुपैयाँ प्रतिकिलो पाइन्छ’, बरुवालले भने, ‘बेसिजनमा बढी मूल्यमा बिक्री गर्न पाइन्छ।’

सुन्तला भण्डारणको सुविधा भएपछि बजार र उचित मूल्य नपाउने समस्याबाट कृषकले मुक्ति पाएका छन्। बिरौटा बहुउद्देश्यीय कृषक समूहले जिल्लामै पहिलो पटक सेलार स्टोर सञ्चालनमा ल्याएको हो। समूहमा आवद्ध ३३ जना कृषकले सेलार स्टोरबाट सुविधा पाएका छन्। मंसिर पुषको सिजनमा टिपेर सेलार स्टोरमा भण्डारण गरेको सुन्तला चैत वैशाखको बेसिजनमा सुन्तला बिक्री गर्दा बढी मूल्य पाइने कृषक उर्मिला बरुवालले बताइन्। सेलार स्टोरको सुविधाले आम्दानी वृद्धिमा सहयोग पुगेको उनको भनाइ छ।

तत्कालीन कृषि विकास कार्यालयको पाँच लाख रुपैयाँ अनुदान र कृषकको तीन लाख रुपैयाँ बराबरको श्रमदानमा बिरौटामा तीन वर्षअघि पाँच हजार किलोग्राम क्षमताको सुन्तला भण्डारण भवन निर्माण भएको थियो।

परीक्षण सफल भएपछि कृषक ताजा सुन्तला बिक्री गर्न छाडेर भण्डारणतर्फ आकर्षित भएका छन्। सुन्तलाको स्वाद र गुणस्तरमा ह्रास आउन नदिन चिस्यानयुक्त वातावरण र सुरक्षित भण्डारण गर्ने व्यवस्था मिलाइएको बरुवालले बताए। समयमै पुससम्म फल टिप्दा बोटलाई असर नपुग्ने र आगामी वर्षको उत्पादनमा असर नपुग्ने कृषि प्राविधिकको भनाइ छ। सेलार स्टोरको क्षमता र अन्य ठाउँमा पनि विस्तार गरिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए।

करिब सात सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको म्याग्दीमा वार्षिक दुई हजार मेट्रिकटन सुन्तला उत्पादन हुने कृषि ज्ञान केन्द्रको अभिलेख छ। जिल्लाका कृषक यतिबेला बगैचामा फलेको सुन्तला टिपेर पोखरा, काठमाडौ, चितवन, जनकपुर लगायतको सहरमा पठाउन व्यस्त छन्। सडक सुविधा भएकाले गाडी लिएर बगंैचामै पुग्ने व्यापारीले अग्रिम भुक्तानी दिएर नटिप्दै सुन्तला खरिद गरिसकेका ताकमका कृषक भेषनाथ गौतमले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.