इलाम घुम्‍ने पर्यटक बढे

इलाम घुम्‍ने पर्यटक बढे

इलाम : इलाम घुम्ने पर्यटक बढेका छन्। साउनयता मा ७४ हजार आन्तरिक र बाह्य पर्यटक इलाम पुगे। पर्यटन सूचना केन्द्रका अनुसार देशका पश्चिमी जिल्लाहरुबाट पछिल्लो समयमा इलामका गन्तव्य घुम्ने पर्यटक बढेका छन्। केन्द्र कर्मचारी गगन घिमिरेले कन्यामको चियाबारीको दृष्यमा रम्ने र घोडचडीमा अधिक पर्यटक रमाउने गरेका छन्। बनभोज खान तराईबाट यहाँ धेरै पर्यटक आउने गर्छन। श्रीअन्तुकोलगायत इलामका धेरै क्षेत्रमा पर्यटकको चाप हुने गर्छ।

इलाम–झापा सीमाक्षेत्र जोर कलशमामा पर्यटक सूचना केन्द्रमा मंसिर महिनामात्र ३३ हजार पर्यटकले इलामको भ्रमण गरेको रेकर्ड छ। पुस महिनामा पनि दैनिक ३० वटा बसमा पर्यटक आइरहेका छन्। मोटर साइकल साना गाडीमा पनि धेरै इलाम पुग्छन्। घिमिरेले भने,‘संस्थाको साधारण सभा गर्नेदेखि शैक्षिक भ्रमणसम्मका टोली आउने गरेका छन्।’ कन्याम, हासपोखरी, श्रीअन्तु, सदरमुकाम इलाम र माइपोखरीमा अधिक पर्यटक पुग्ने गरेको घिमिरेले बताए।

सरकारका सय गन्तव्यमा परेको हर्कटे, फिक्कल अन्तु अन्तरगतको अन्तुमा रमाउदै आन्तरिक पर्यटक ।

तीर्थस्थलका रूपमा विकास भएको सानो पाथीभरा पुग्ने पनि बढ्ने गरेको सूर्योदय होटल व्यवसायी संघका अध्यक्ष अभिषेक श्रेष्ठले बताए। अन्तु पोखरीमा डुंगामा सयर गर्न चियाबारीले भरिएका रमणीय डाँडाकाँडामा रमाइलो साट्न अन्तु पुग्ने बढ्दै गएका छन्। माइपोखरी, ढापपोखरी, सन्दकपुर, माङमालुङ, राँकेलगायत क्षेत्रमा पनि पर्यटक पुग्ने क्रम बढ्दो छ। पछिल्लो समय घुमघाम संस्कृतिको विकास भएसँगै इलामका पर्यटन स्थल पनि गन्तव्य बन्दै गएका हुन्।

तराई पहाड सबैतिरका पर्यटकको साझा गन्तव्य बन्न थालेको इलाममा विद्यार्थी, अनुसन्धानकर्ता र विदा मनाउनेहरु आउने गरेको पर्यटन प्रवद्र्धन सरोकार समिति इलामका महासचिव देवी पौड्यालले बताए। भने,‘पर्यटकले इलामको कृषि उत्पादन र पर्यटकीय क्षेत्रका बारेमा गहिरो चासो राख्न थालेका छन्।’स्याङ्जा, नवलपरासी, धादिङ, पाल्पा, गोर्खा, काठमाण्डौ, पोखरासहितका जिल्लाबाट पर्यटक आइरहेको सूचना केन्द्रले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.