प्रियंका र निकको कमेडी कार्टुन
मुम्बई : ‘दी सिम्पसङ्स’का चित्रकार स्टेफानो मोंडा र रिनो रुसोले नवविवाहित जोडी प्रियंका चोपडा र निक जोन्सलाई उपहार दिएका छन्। उपहारमा दक्षिणपश्चिम मिसौरीको एक सहर स्प्रिंगफिल्डको काल्पनिक सहरको संसारमा यी दुईको क्यारिकेचर कार्टुन सामेल छ।
‘दी सिम्पसङ्स’ एक अमेरिकी एनिमेटेड कमेडी सो हो। ‘दी क्वान्टिको’का स्टार प्रियंकाले दुइटा कार्टुन इन्स्टाग्राममा समेत सेयर गरेकी छन्, जसमा राजस्थानमा उनको विवाहको एक नाट्य रूप देख्न सकिन्छ भने चर्चमा गरिएको विवाह पनि।
प्रियंका र निकले डिसेम्बर १ मा क्याथोलिक समारोहमा ‘युमेड प्यालेस’मा विवाह गरेका थिए। उनीहरूले डिसेम्बर २ मा हिन्दू परम्पराअनुसार भारतको राजस्थानमा पनि विवाह गरे। पहिलो कलाकृतिमा क्रिस्चियन विवाहको एक दृश्य छ, जुन होमर सिम्पसनद्वारा चित्रित छ। यसमा प्रियंका र निकको औंठी देखाएर चर्चको पृष्ठभूमि तयार पारिएको छ।
कार्टुनमा ‘फस्र्ट चर्च अफ स्प्रिंगफिल्ड वेडिङ डे : प्रियंका र निक’ शीर्षकको बोर्ड पनि राखिएको छ। हिन्दू परम्पराको विवाहको कार्टुनमा युगल जोडीलाई सिम्पसङ्स परिवारका रूपमा देखाइएको बुझ्न सकिन्छ। कार्टुनमा होमर, मार्ज, बार्ट, लिसा र मेगी पछाडि बसेर हेरिरहेको दृश्य छ।
हिन्दू विवाहको कार्टुनमा उनको छालाको रङ पहेँलोबाट हल्का गहुँगोरो रङमा परिवर्तन गरिएको छ। दक्षिण एसियाली व्यक्तिको रूढिवाढी प्रतिनिधित्व गरेको भन्दै उक्त एनिमेटेड पात्रहरूको चित्रमा आगोसमेत लगाइएको थियो।