सोट्टो नेपालको अध्यक्षमा मधुसुदन

सोट्टो नेपालको अध्यक्षमा मधुसुदन

काठमाडौं : सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर्स नेपाल (सोट्टो)सोट्टोको अध्यक्षमा एस ट्राभल्सका प्रवन्ध निर्देशक मधुसुदन उपाध्याय निर्वाचित भएका छन्।सोट्टो नेपालको शनिबार राजधानीमा भएको ११ औं वार्षिक साधारण सभाले उपाध्यायको नेतृत्वमा आगामी दुई वर्षका लागि १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो। 

कार्यसमितिको प्रथम उपाध्यक्षमा नारायण पराजुली, द्वितिय उपाध्यक्षमा मानबहादुर शाही, महासचविमा भुवनबहादुर पाण्डे, सचिवमा दिनेश बस्नेत, कोषाध्यक्षमा देवराज खनाल, सह-कोषाध्यक्षमा भुवनदेवी महर्जन चयन भएका छन्।

त्यस्तै कार्यसमिति सदस्यमा सविन खड्का, इन्दिरादेवी गौतम, कमलबहादुर मगर, गंगाप्रसाद गिरी, आनन्दकुमार क्षेत्री, रामस्वरुप महासेठ र कमल जिसी चयन भएका छन्।

साधारण सभाबाटै पर्यटनका दुई संस्था सोट्टो नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)ले एक हुने घोषणा गरेको छ। नाट्टाका प्रथम उपाध्यक्ष अच्चुत शर्मा गुरागाईले एकै प्रकृतिका दुई संस्था मिलेर अगाडि बढ्नुपर्ने भन्दै एकताको हात अगाडि बढ्ने घोषणा गरेका छन्।

गुरागाईले भने, 'हामी दुई संस्था एक भएर काम गर्दा संस्था बलियो हुने भएकाले मिलेरै जानुपर्छ। यसका लागि पहिले एक दुईवटा काम मिलेर अर्थात् कार्यगत एकता गरौं, त्यसपछि संस्था नै मर्ज गरौंला।'

एकै प्रकारको काम गर्ने र एउटै धरातल भएका संस्था मर्जमा जानुपर्ने आवाज व्यवसायीले यसअघि पनि उठाउँदै आएका छन्। दुई संस्थाले पहिले कार्यगत एकता गर्ने र त्यसपछि एकढिक्‍का हुने बचनवद्धता जाहेर गरेका छन्। 

नवचिर्वाचित अध्यक्ष उपाध्यायले ट्राभल व्यवसायीका सबै समस्या समाधान गरेर अगाडि बढ्ने बताए।  उनले पर्यटन क्षेत्रमा हुने विकृति र विसंगतिको विरुद्ध सोट्टो सधैं अगाडि बढ्ने पनि बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेलले पर्यटन नै देश विकासको मुल खम्बा भएको  बताए। अहिले संभावना देखिएको क्षेत्रमध्ये जलविद्युत् र पर्यटन नै प्रमुख भएको भन्दै यो क्षेत्रको समृद्ध विकासमा सबै लाग्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.