दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

गौशाला : महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका-२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ। मृत्यु हुनेमा भङ्गाहा नगरपालिका-२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

सोही दुर्घटनामा परेर उनका छोरा १६ वर्षीय मनिष सिंह गम्भीर घाइते भएका छन् भने उनको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ। शनिबार करिब ६ बजे बखरीबाट ज८प ५४४५ नंको मोटरसाइकलमा चढेर सिंग्याही बजारमा मोटरसाइकल दुर्घटना हुँदा दुवै आमा छोरा गम्भीर घाइते भएका थिए। 

घाइते दुवैमध्ये आमा लक्ष्मीनियादेवी सिंहको उपचार लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.