जनकपुर चुरोट कारखानाको जग्गा निजीकरण मान्य हुँदैन : नेता निधि

जनकपुर चुरोट कारखानाको जग्गा निजीकरण मान्य हुँदैन : नेता निधि
फाइल तस्बिर ।

जनकपुरधाम : नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले जनकपुर चुरोट कारखाना लिमिटेड भित्रको भूमि निजीकरण गर्नु नहुने बताएका छन्। उनले मधेश सरकार रहेको तत्कालीन जनकपुर चुरोट कारखाना लिमिटेडको परिसर तत्कालीन मन्त्री परिषदबाट निर्णय गराएर मधेश सरकारलाई हस्तान्तरण गरिसकेको अवस्थामा हस्तक्षेप मान्य नहुने बताएका हुन् ।  

जनकपुरधाम विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले मधेश सरकारको स्वामित्व हुने गरी मन्त्रिपरिषद्बाट निर्णय भइसकेकोले अहिले आएर निजीकरणको प्रयास दुःखद भएको बताए । उनले भने, ‘म उपप्रधान तथा गृहमन्त्री भएको बेलामा मन्त्रिपरिषदबाट निर्णय गराएर तत्काल जिल्ला प्रशासनलाई पत्राचार गरेर काम अघि बढाउन निर्देशन दिएका थिएँ । मधेश सरकार मातहत रहने गरी दिएको भूमिलाई निजीकरण गर्न खोजिए हामी आन्दोलन गछौं ।’

केही दिनदेखि जनकपुर चुरोट कारखानालाई निजीकरण गर्ने कुरा आपत्तिजनक छ । उनले भने, ‘मैले उद्योग मन्त्रीसँग कुरा गरे, उहाँले जनकपुर चुरोट कारखाना नभई लाइसेन्स नवीकरणको कुरा भएको छ । तर हामी सावधान हुनुपर्छ । सरकारले गडबड गर्न खोजे विरोध गर्छौ । संघीयता विरोधी कामलाई हामीले विरोध गर्नुपर्छ ।’

 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.