मानसरोवर दर्शन गर्न गएका भारतीयको मुत्यु
हुम्ला : मानसरोवर कैलाशको दर्शन गर्न गएका एक जना भारतीय तीर्थालुको ताक्लाकोटमा मृत्यु भएको छ । रसुवाको केरुङ नाका हुँदै चीनको स्वशाशीत क्षेत्र तिब्बतमा रहेको धार्मिक तीर्थस्थल कैलाश मानसरोवर दर्शन गर्न गएका तीर्थालुको मृत्यु भएको ताक्लाकोटस्थित चिनियाँ सुरक्षा निकायले जनाएको छ । चीनको लामो बाटो स्थलगत यात्रा गरेर मानसरोवर पुगेका यात्रुको मृत्यु भएको बताइएको छ ।
यद्यपी उनको परिचय भने अहिलेसम्म खुलाइएको छैन । कैलाश दर्शन गरेर फर्किएका ती नागरिकको शव अहिले चीनको ताक्लाकोटस्थित अस्पतालमा आइसभित्र राखिएको छ । केरुङ नाकाबाट आएको र सोही नाकाबाट जाने भएपछि उनको बीचमै मृत्यु भएपछि अहिले हिल्साबाट सिमकोट हुँदै नेपालगञ्ज शव लैजाने विषयमा प्रक्रिया अघि बढाउने काम भइरहेको स्रोतले बताएको छ ।
सोनी होलिडेजबाट गएको उक्त यात्रुको शव यता ल्याउनेबारेमा भन्सार विभाग र अध्यागमन विभागमा परामर्श भइरहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । ताक्लाकोटमा सम्पर्क हुन नसकेका कारण निजको मृत्यु के कारणले भयो र निजको व्यक्तिगत विवरणबारेमा जानकारी प्राप्त नभएको बताइएको छ । हिन्दु धर्मालम्बी र बौद्ध धर्मालम्बीहरुको ठूलो तीर्थका रुपमा चिनने कैलाश मानसरोको दर्शनका लागि अहिले भारतीय तीर्थालुहरु ठूलो संख्यामा हुम्लाको हिल्सा र रसुवाको केरुङ नाकाबाट जाने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !