राज्यले रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्छ : माधव नेपाल


काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रोजगारी प्रवर्द्धनका क्षेत्रहरुलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल सुनचाँदी कला व्यवसायी संघको अधिवेशन उद्घाटन गर्दै नेपालले रोजगारी नपाएर मानिसहरू संसारमा भौतारिनु पर्ने अवस्था रहेको भन्दै स्वदेशमा नै रोजगारी प्रवर्द्धनका क्षेत्रहरुलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले कुनै पनि व्यवसायमा प्रतिकूल असर नपरोस् भन्नका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

उनले आफ्नै देशमा उत्पादन गर्न र उपभोग गर्दै विदेशमा निर्यात गर्न सके आयात केन्द्रित अर्थतन्त्र निर्यातमुखी हुने स्थिति बन्न सक्ने उल्लेख गरे । देशको अर्थतन्त्रको विस्तार र राजस्वमा बृद्धिका लागि सिङ्गो उद्योग व्यवसाय पनि फस्टाउनु पर्ने उनको भनाइ छ । उनले देशको उद्योग धन्दाहरू पनि फस्टाउन सके नागरिकहरु पनि आर्थिक रूपमा सवल हुने र क्रय शक्ति बढ्ने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.