मेयर जेलमुक्त भएको खुसीयालीमा दिइएको सार्वजनिक विदा रद्द

मेयर जेलमुक्त भएको खुसीयालीमा दिइएको सार्वजनिक विदा रद्द

गौर : हत्या अभियोगमा जेलमै रहेका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहा सर्वोच्च अदालतबाट सफाइ पाएपछि दिइएको सार्वजनिक विदाको व्यापक आलोचना भएपछि फिर्ता लिइएको छ। नगरपालिकाले आइतरबार एक सूचना जारी गर्दै सार्वजनिक विदा रद्द गरेको जानकारी गराएको छ।

उनी जेलमुक्त भएको खुसियालीमा नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका सबै विद्यालयमा आइतबार सार्वजनिक बिदा दिइएको थियो। सफाइ पाएपछि शनिबार दिउँसो उनी हेलिकप्टर चढेर आफ्नो नगरपालिका कटहरिया गएका थिए। गत बैसाखदेखि जेल परेका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै रिहा गरेको हो। 

दिउँसो करिब दुई बजे कटहरियास्थित जनता माविको प्रागणमा उनी हेलिकप्टरबाट उत्रिएका थिए। मेयर कुश्वाह आउने सूचना पाएका स्थानीय तथा उनका शुभ चिन्तकहरु बिहानैदेखि विद्यालयको चौरमा जम्मा थिए।

मेयर कुश्वाहलाई सयौं स्थानीय तथा कार्यकर्ताले स्वागत तथा सम्मान गरेका थिए। कटहरिया बजारपछि जुगौलियामा पनि कुश्वाहलाई स्वागत तथा सम्मान गरेको थियो। न्यायको जीत भएको, कटहरिया नगरको विकासको जीत भएको प्रतिक्रिया दिँदै कुश्वाहले प्रतिक्रियावादीहरुले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए।

काठमाडौंबाटै हेलिकप्टरमा मेयर कुश्वाहसँगै प्रतिनिधि सभा संसद तथा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साह, प्रदेशसभा सदस्य कुन्दन कुश्वाह समेत रौतहट आएका थिए। अभिभावक विहीन बनेको नगरपालिकाले न्याय पाएको र आगामी दिनमा कटहरिया नगरपालिकाले विकासको गति लिने संसद साहको भनाइ थियो । मेयर कुश्वाह निर्दोष सावित भइ जेलबाट रिहा भएको खुसियालीमा आइतबार नगरभित्रका सामुदायिक विद्यालयमा विदा नै दिइएको छ । नगरपालिका तथा वडा कार्यालयहरुमा समेत विदा दिइएको प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले जानकारी दिए।

विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष काशिनाथ तिवारीको हत्याको आरोपमा उच्च अदालतले जन्मकैद सजाय सुनाइएका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै सफाइ दिएको थियो ।

उनलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको फैसलापछि सिआइवीको टोलीले गत बैशाखमा काठमाडौंबाट पक्राउ गरी जेल चलान गरेको थियो।उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले तिवारी हत्यामा दोषी ठहर गर्दै मेयर कुश्वाहलाई गत फागुन २८ गते जन्मकैदको फैसला सुनाएको थियो । पर्साको वीरगञ्जमा २०६७ साल असार १२ गते तिवारीको गोली हानी हत्या भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.