ट्रकमा लुकाएर भारत लैजाँदै गरेको १६० किलो चरेश बरामद

ट्रकमा लुकाएर भारत लैजाँदै गरेको १६० किलो चरेश बरामद

वीरगन्ज : वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहबाट मालसामान ओसार्ने ट्रकबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेश बरामद गरेको छ। सुख्खा बन्दरगाहमा तेश्रो मुलुकबाट आयात गरिएको सामान लोड गर्नका लागि मकवानपुरको लोथरबाट वीरगन्जस्थित बन्दरगाहमा आउँदै गरेको ना ४ ख २९८५ नम्बरको ट्रकबाट आइतबार बेलुकी प्रहरीले १६० केजी तयारी चरेश बरामद गरेको हो।

प्रहरीले चरेशसहित ट्रकका चालक, मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी घर भएका २९ वर्षीय सागर बललाई पक्राउ गरेको छ। प्रहरीले चरेश लोड गरिएको ट्रक पनि नियन्त्रणमा लिएको छ।

सुराकीले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वामा ट्रक रोकेर चेकजाँच गर्दा चरेश फेला पारेको हो।

ट्रकको चालक बस्ने क्याबिन र बडीको बीच भागमा फल्स बटन बनाएर राखिएको अवस्थामा चरेश फेला परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए।  प्रहरीका अनुसार हिरासतमा रहेका ट्रक चालक बलले मकवानपुरको लोथरबाट एकजना भारतीयले ट्रकमा चरेश लोड गरेको र भारतको सीमासँग पुर्‍याइ दिन भन्दै आफूलाई ६० हजार दिएको बताएका छन्। 

वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहमा सामान लोड गर्न ट्रक लिएर जाने क्रममा आइतबार लोथरमा एक व्यक्तिले ट्रकमा चरेश लोड गरेको चालक बलले बताएका छन्। ट्रकमा चरेश लोड गर्ने व्यक्तिलाई भने आफूले नचिनेको उनले प्रहरीलाई बताएका छन्।  

पक्राउ परेका चालक बलले ट्रक आफ्नै भएको बयान दिएको भन्दै प्रहरी उपरीक्षक ढकालले भने, 'सवारी धनी प्रमाणपत्र हेरेपछि मात्रै गाडी कसको हो भन्नेबारे थाहा हुनेछ। घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.