ज्यान मार्ने उद्योगका आरोपी पक्राउ
ताप्लेजुङ : खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेको आरोप लागेका ताप्लेजुङ मैवाखोला गाउँपालिका ४ साँधुका ३१ वर्षीय दावा शेर्पा पक्राउ परेका छन्। शेर्पाले गत पौष १२ गते साँघुकै ओदेकमा १८ वर्षीय युवकलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए।शेर्पालाई गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा प्रमुख संजयसिंह थापाले जानकारी दिए।