मिस पूर्वाञ्‍चलको ताज पूजालाई

मिस पूर्वाञ्‍चलको ताज पूजालाई

सुनसरी : ‘नेपाल आइस मिस पूर्वाञ्चल २०१८’ को उपाधि झापा, भद्रपुरकी पूजा श्रेष्ठले जितेकी छन्। सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा शनिबार राति धरान १५ स्थित होटल इजी राइडर्समा भएको फाइनल प्रतिस्पर्धामा मुख्य निर्णायक वरिष्ठ वातावरणविद् राजेन्द्र खनालले सोधेको ‘तपाईको विचारमा नेपाल अल्पविकसित देश हो कि अव्यवस्थित ? ’ प्रश्नको जवाफमा पूजाले ‘हाम्रो देश अविकसित भन्दापनि अव्यवस्थित हो। त्यसैले हामी युवाले देशलाई विकासको बाटोमा लैजान दिगो विकासको अवधारणा अवलम्बन गर्नुपर्छ। सँगसँगै हामीले आफूलाई पनि विश्वास गर्नुपर्छ’ भन्ने जवाफ दिएकी थिइन्।

निर्णायकहरुको नजरमा उत्कृष्ट ठहरिएकी पूजाले ताजसँगै यामाहा कम्पनीको स्कुटर, हङकङ भ्रमणको अवसरलगायतका पुरस्कार पाईन् भने युएन कलेजको छात्रवृत्ति समेत पाइन्। साथै उनी प्रदेश १ को प्रमुख पर्यटकीयस्थल भेडेटारको पर्यटन सद्भावनादूतसमेत बनिन्। जम्मा १४ प्रतिष्पर्धी मध्ये धनकुटा, हिलेकी अनिला क्षेत्री फस्टरनरअप बनिन्। उनले नगद एक लाख पुरस्कार पाईन्। इटहरीकी तपस्या रणपहेली सेकेन्डरनरअप बनेर नगद ५० हजार पाईन्।

फाईनल प्रतिष्पर्धामा फेसअफ डिभाईनसहित डिभाइन मिस फोटोजेनिक र बराह मिस मल्टिमिडिया टाइटल आकृति आचार्यले जितिन्। इजिराइडर वेष्टवाक र पेप्सी मिस ट्यालेन्ट सोनेता दाहाल, क्विक्स मिस पब्लिक च्वाईस र सुरेशस्टडी भिसा मिस इन्टिलेक्चुअल रुसाली केसी भइन् भने वाईवाई मिस कन्जेनियालिटी सलिना राजवंशी र पिएलओ मिस फिटनेस स्वस्टिका विसुंखे घोषित भए। उनीहरुले जनही १५ हजार पुरस्कार पाए।

प्रियारानी लामाको कोरियोग्राफी रहेको प्रतियोगीतामा मुन्धुम बुटिक एन्ड मेख्ली हाउसको ड्रेस डिजाइन र तरुना राईको मेकअप रहेको थियो। कार्यक्रममा मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडालाई आयोजकका तर्फबाट सौरभ श्रेष्ठले सम्मान गरेका थिए। कार्यक्रम मिस नेपाल वर्ल्ड २०१० सदिक्षा श्रेष्ठले सञ्चालन गरेकी थिईन्।

प्रतिष्पर्धामा मुख्य निर्णायक खनाल सहित कवि सुदिप पाख्रिन, गायक डिल्लि फोम्बो, सफ्टि हाइजिनका सिईओ भुवन ढकाल, वरिष्ठ स्त्रिरोग विशेषज्ञ डा.रोहित रिजाल, मिस पूर्वाञ्चल २०१५ प्रियंका श्रेष्ठ, फिल्मका पटकथाकार सामिप्यराज तिमिल्सिना, गायिका तथा नायिका विष्णु चेम्जोङ, हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशी, डिभाईन वाईनका ब्रान्डम्यानेजर सञ्जु शाक्य र मिस्टर नेपाल २०१८ निर्णायक रहेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.