दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीको सडक जनचेतना

दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीको सडक जनचेतना

धरान : सवारी दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले प्रदेश 1 का १४ जिल्लामा सडक जनचेतना अभियान सुरु गरेको छ । सवारी दुर्घटना नियन्त्रण गर्न चौबिस घण्टे सवारी चेकिङ सुरु गरेको प्रहरीले चालक तथा यात्रुसँग सडक जनचेताना अभियान सुरु गरेको हो। 

जनचेतनाको अभावका कारण कतिपय सवारी दुर्घटनामा पैदल यात्रीले समेत ज्यान गुमाउनु परेको भन्दै चालक यात्रुलाई जिम्मेवार बनाउनका लागि सडक जनचेतना अभियान संचालन गरिएको ट्राफिक प्रहरी प्रदेश कार्यालय इटहरीका निमित्त प्रमुख डीएसपी कृष्ण प्रसाईले बताए।

सडक जनचेतनासँगै प्रदेश १का सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङगा र सोलुखुम्बु जिल्लामा प्रहरीले चौबिसै घण्टे विशेष सवारी चेकिङ गर्न प्रहरी परिचालन गरिएको उनले बताए। 

पहाडी जिल्लामा मोटरबाटोको सुविधा पुगेसँगै सर्बसाधारणमा जनचेतनाको कमी र चालकको लापरबाहीका कारण सवारी दुर्घटनाका बढेको भन्दै ट्राफिक प्रहरीले पाहाडी जिल्ला केन्द्रित सडक जनचेतना कार्यक्रम सुरु गरेको छ।

पहाडी जिल्लाका सर्बसाधारणमा जनचेतनाको अभावका कारण यातायातका साधनको सीट क्षमताभन्दा बढी यात्रु बस्ने, जथाभावी बाटो काट्ने  गरेका कारण यात्रुलाई जनचेतनाको माध्यमबाट सचेत गराईको डीएसपी प्रसाईले बताए।

उनले सीट क्षमताभन्दा बढी यात्रु बसमा यात्रा गर्दा दुर्घटना हुने कारणका बारेमा समेत यात्रुलाई सचेत गराईको बताए। ट्राफिक प्रहरीले सडक जनचेतना कार्यक्रममा प्रदेश १ का ९ हजार ३ सय ३६ जना सर्बसाधारणले ट्राफिक नियमको बारेमा जानकारी लिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक होमराज दाहालले बताए। 

त्यस्तै क्षमताभन्दा बढी यात्रु र मालसमान बोक्ने सवारी साधनका चालकलाई समेत कारबाही गर्न ट्राफिक प्रहरीले प्रदेश १ का १४ वटै जिल्लामा ट्राफिक प्रहरीको विशेष टोली परिचालन गरेको छ।

रातको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, विना सवारी चालक अनुमति पत्र सवारी चलाउने र क्षमताभन्दा बढी यात्रु र मालसमान बोक्ने सवारी चालकलाई समेत नियन्त्रमा लिएर ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ।

चेकिङका क्रममा गएको एक हप्तामा ५ हजार २ सय २० जना चालक कारबाहीमा परेको डीएसपी प्रसाईले बताए। ट्राफिक प्रहरीले विशेष गरी मुख्य सहर धरान, इटहरी, इनरुवा, विराटनगर, उर्लावारी, बेलवारी, विराटचोक, दमक विर्तामोड, काकडभिट्टा, धनकुटा, पूर्व पश्चिम लोकमार्ग, पहाडी लोकमार्ग र जिल्ला सदरमुकाममा विशेष ट्राफिक चेकिङ अभियान संचालन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.