प्रदेश ५ को राजधानी रुपन्देही, नाम लुम्बिनी राख्ने कांग्रेस र फोरमको निर्णय

प्रदेश ५ को राजधानी रुपन्देही, नाम लुम्बिनी राख्ने कांग्रेस र फोरमको निर्णय

बुटवल : प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्ता समर्थक दल संघीय समाजवादी फोरमले ५ नम्बर प्रदेशको स्थायी राजधानी रुपन्देही र नाम लुम्बिनी राख्ने निर्णय गरेका छन्। संक्रमणकालीन अवस्थामा नयाँ स्थानमा राजधानी लैजाँदा आर्थिक व्यवभार थपिने भन्दै दुई दलले राजधानी रुपन्देही नै हुनुपर्ने निर्णय गरिसकेको खुलासा गरेका हुन्।

बुटवलमा रिपोर्टस क्लबले गरेको साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले रुपन्देहीमै राजधानी बनाउने विषय कांग्रेसको आधिकारिक धारणा रहेको बताए।

'कांग्रेसले अस्थायी मुकाम पनि बुटवलमै हुनुपर्छ भनेको थियो, स्थायी पनि यही नै हुनुपर्छ, उनले भने, 'यो नै पार्टीको निर्णय हो।' उनले कांग्रेस पहिलेदेखि नै रुपन्देही राजधानीको पक्षमा रहेको बताए। प्रदेश सभामा कांग्रेसका १९ सदस्य रहेका छन् ।

प्रदेश सभामा गठित विशेष समितिले जनतामाझ सुझाव संकलन गर्ने तयारी गरिरहेका बेला दुई दलले राजधानीको विषयमा बोलेका हुन्। चुनावका बेला आ-आफ्नो क्षेत्रमा राजधानी बनाउने एजेण्डा सबै सांसदको भए पनि हालकै स्थानलाई स्थायी बनाउनुपर्ने निर्णय कांग्रेसको रहेको शर्माले बताए।

संघीय समाजवादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले राजधानी र नामको विषयमा फोरमले निर्णय गरिसकेको बताएका छन्। 'रुपन्देहीमा राजधानी र लुम्बिनी नाम हुनुपर्छ भन्ने निर्णय हाम्रो पार्टीले गरिसकेको छ', उनले भने।

उनले भन्सार, बिमानस्थल, सडक सबै भएको कारण राजधानीका लागि भौतिक पूर्वाधार रुपन्देहीमै तयार रहेको बताए। आर्थिक कारोबार गर्न पायक पर्ने भएकाले रुपन्देहीको विकल्प अरु हुन नसक्ने उनले बताए।

प्रदेश सभामा रहेका पाँच दलमध्ये राजपा र जनमोर्चाका एक÷एक सदस्य छन्। सत्तारुढ दल नेकपाका ६१ सदस्य छन्। नेकपाभित्र राजधानी विषयबारे विभाजन रहेको छ। 

पायक पर्ने क्षेत्रमा राजधानी

प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशको राजधानी घोषणामा सुझबुझ आवश्यक रहेको बताएका छन्। कुनै भूगोलको प्रतिनिधि भएर सांसदले निर्णय र अडान लिँदा जनताको पहुँचमा हुन नसक्ने बताए।

कार्यक्रममा बोल्दै उनले राजधानी दीर्घकालिन सोँचको साथमा बनाउनुपर्ने बताए। जग्गा किनेर राजधानी बनाउन नसकिने भन्दै फराकिलो क्षेत्रमा योजनावद्ध विकास हुने गरी स्थान तोकिनुपर्ने उनले बताए। राजधानी कस्तो बनाउने, कहाँ बनाउने भन्दा पनि राजधानी कस्तो बनाउने भन्ने तर्क गर्नु आवश्यक रहेको बताए। 

'राजधानी कहाँ भन्दा पनि कस्तो बनाउने भन्ने विषय नै प्रमुख हुनुपर्दछ', उनले भने। बाँके र बर्दिया टुक्रिने मनोबल बनाउने गरी राजधानी तोकिन नहुने उनले बताए। राजधनीको विषयमा भौगोलिक विकटता पनि महत्पूर्ण रहेको भन्दै उनले कसैको घर, जग्गा, घडेरी कहाँ छ भनेर त्यहाँ राजधानी बन्नुपर्छ भन्ने तर्क गलत रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.