२०१८ मा कुनकुन सेलिब्रेटीका सम्बन्ध टुटे ?
नेहा–हिमांश
गायिका नेहा कक्कड र उनका ब्वाइफ्रेन्ड हिमांश कोहली वर्षको अन्त्यतिर छुट्टिए। उनीहरूले सार्वजनिक रूपमा प्रेममा रहेको स्वीकार गरेका थिए। हिमांशले सबैका सामु नेहालाई प्रेम प्रस्ताव राखेका थिए। उनीहरूलाई ‘बेस्ट कपल’ भनिन्थ्यो। तर, उनीहरू छुट्टिएका छन्। नेहाले साामजिक सञ्जालमा आफूहरू अलग भएको बताएकी थिइन्।
अर्जुन–मेहर
एली–हार्दिक
अभिनेत्री एली अबराम र भारतीय क्रिकेटर हार्दिक पाण्ड्याको प्रेम सम्बन्धले यस वर्ष खूब चर्चा पायो। उनीहरूको प्रेम सम्बन्ध जति चाँडो उकालो लाग्यो, त्यति नै छिटो ओरालो झर्यो। सार्वजनिक रूपमा आफ्नो प्रेमबारे नबोले पनि उनीहरूको ब्रेकअप भइसकेको बलिउडकर्मी बताउँछन्।
यामी–पुलकित
अभिनेत्री यामी गौतम र अभिनेता पुलकित सम्राटबीच प्रेम प्रसंग चलिरहेको थियो। दुवैलाई धेरै पटक सँगै देखियो। तर, यस वर्ष उनीको सम्बन्धको अन्त्य भएको छ। पुलकितले यसअघि अभिनेता सलमान खानकी धर्मबहिनी श्वेता रोहिरासँग सन् २०१४ मा बिहे गरेका थिए। बिहेको एक वर्षमा उनीहरूको पारपाचुके भएको थियो।
प्रतिक्रिया दिनुहोस !