सुख्खा पहिरोमा परी वृद्धाको मृत्यु, एक घाइते

सुख्खा पहिरोमा परी वृद्धाको मृत्यु, एक घाइते

विदुर :  नुवाकोटको विदुर नगरपालिका-१० ढाँडे खोलामा सुख्खा पहिरो जाँदा एक वृद्धाको मृत्यु भएको छ। 

पहिरोमा परी विदुर नगरपालिका-१० की ७३ वर्षीया प्रेमकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । उनकी बुहारी नाता पर्ने ५६ वर्षीया रामकुमारी तामाङ गम्भीर घाइते छन्।

गेर्खुटारबाट घर फर्किने क्रममा घर पुग्न पाँच सय मिटर बाँकी हुँदा साँझ साढे ५ बजे उनीहरु पहिरोमा परेका हुन्। पहिरोमा परी गम्भीर घाइते भएकी प्रेमकुमारी र रामकुरमारीलाई नुवाकोट अस्पताल पुर्याइएको थियो। 

घाइते रामकुमारीालई थप उपचारका लागि काठमाडौं पठाइएको छ। मृतक प्रेमकुमारीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.