सिम्रिकको ‘फन फ्लाइट’

सिम्रिकको ‘फन फ्लाइट’

भेडेटार : धनकुटा साँगुरीगढी ४ की ७५ वर्षीया सानीमाया लिम्बूले आकाशमा उडेका हवाईजहाज र हेलिकप्टर त धेरैपटक देखेकी थिइन् तर अहिलेसम्म त्यसमा चढेर आकाशबाट रमिता हेर्ने कल्पना भने गरेकी थिइनन्। यसपालि उनलाई हेलिकप्टर चढेर आफ्नै वरपरको गाउँघर हेर्ने अवसर जुर्‍यो। हेलिकप्टरबाट ओर्लिएपछि भनिन्, ‘माथिबाट धरान देखेँ, खेतहरू, जंगल देखेँ। रमाइलो हुँदोरहेछ।’

सानीमायाजस्तै धेरैले अहिले भेडेटारमा सिम्रिक एयर हेलिकप्टर चढेर आफ्नै गाउँठाउँ हेर्ने अवसर पाएका छन्। प्रदेश १ को प्रमुख पर्यटकीयस्थल भेडेटारमा सञ्चालन भइरहेको फुड फेस्टिभलका अवसरमा होटल एसोसिएसन अफ भेडेटार र सिम्रिक एयरको सहकार्यमा हेलिकप्टरको ‘फन प्लाइट’ भइरहेको छ। मंगलबार १६ पटक फन फ्लाइट भएको एसोसिएसनका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले बताए। उनले भने, ‘हेलिकप्टर फेस्टिभलको मुख्य आकर्षण हो। यसमा चढ्न धेरैले इच्छा देखाएका छन्। भोलि बिहानदेखि नै उडाइनेछ।’

हेलिकप्टर चढ्न धरान, इटहरी, विराटनगरका व्यापारी, व्यवसायीसमेत आएका छन्। टोली नै लिएर हेलिकप्टर चढ्न भेडेटार पुगेको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली भन्छन्, ‘हेलिकप्टर यात्राले भेडेटारको पर्यटन विकासमा सहयोग गरेको छ।’ सोमबार हेलिकप्टरबाटै पुष्पवृष्टि गरेर फेस्टिभलको उद्घाटन गरिएको थियो। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उद्घाटन कार्यक्रममा सरिक हुँदा सिम्रिक हेलिकप्टरले भेडेटारको एक फन्को मार्दै माथिबाट मञ्चमै सयपत्री फूलका थुँगा वर्षाएको थियो। त्यसपछि फन फ्लाइट सुरु भएको थियो।

तीन दिनसम्म चल्ने फेस्टिभलभर भेडेटार, धरान, राजारानी वरपरको आकाशमा छोटो उडान सञ्चालन हुनेछ। करिब पाँच मिनेटको उडानका लागि चार हजार नौ सय रुपैयाँ तिर्नुपर्छ। सिम्रिक एयरका क्याप्टेन राजेन्द्र दुवालका अनुसार यो रमाइलो उडानमा सहभागी हुनेहरू धरान, राजारानी र भेडेटारको पाथीभराको दृष्य देख्दा रमाउँछन्। दुवाल भन्छन्, ‘५÷६ मिनेटको यो फ्लाइटमा उड्नेले इन्ज्वाय गरिरहेका छन्।’

सिम्रिक एयरका बजार प्रबन्धक कमल गौतम फेस्टिभल सकिएपछि पनि उड्न इच्छुक भए छोटो प्लाइट पनि गरिने र २० गतेदेखि भेडेटारबाट ताप्लेजुङको पाथिभरा दर्शन गर्न जानेलाई उडाउने योजना रहेको बताउँछन्। ३० हजार रुपैयाँमा भेडेटारबाट पाथीभरा मन्दिर पुर्या‍उने, त्यहाँ पुजा गराउने र पुनः भेडेटारसम्म ल्याइने उनले बताए। उनले भने, ‘यो छोटो प्लाइटबाट यहाँ हेलिकप्टर चढ्न उत्साहित रहेको पायौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.