धरानमा ८ सयभन्दा बढी चालक कारवाहीमा

धरानमा ८ सयभन्दा बढी चालक कारवाहीमा

धरान : प्रदेश १ का १४ जिल्लामा ८ सय ४ जना चालक कारवाहीमा परेका छन्। ट्राफिक प्रहरीले सुरु गरेको विशेष सवारी चेकिङका क्रममा नियम विपरित सवारी चलाउने चालकलाई प्रहरीले कारवाही गरेको हो। 

मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म प्रदेश १का सुनसरी, मोरङ, झापा, इलामा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा सोलुखुम्बु र उदयपुर जिल्लामा गरेको सवारी चेकिङका क्रममा ट्राफिक नियम उलघंन गर्ने सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी प्रदेश १ कार्यालयका डीएसपी कृष्ण प्रसाईले जानकारी दिए। 

उनका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ५० जना, मोटर साइकलमा तीनजना चढ्ने १३ जना, विना हेल्मेट सवारी चलाउने ८ जना, क्षमताभन्दा बढी मालसामान दुवानी गर्ने ९२ जना, सवारी चालक अनुमति पत्र नबोकेर  सवारी चलाउने ४६ जना, सवारी चालक अनुमति पत्र नभएकालाई सवारी चलाउन दिने ३० जनालाई कारवाही गरिएको उनले बताए। 

त्यस्तै जथामाभी पार्किङ गर्ने ३२ जना, रोक्न निशेषधमा सवारी रोक्ने ६१ जना, पार्किङ निशेषमा पार्किङ गर्ने १२ जना, सुरक्षा पेटी नबाँध्ने १४ जना, कागजपत्र साथमा नबोक्ने एकसय ६८ जना, ट्राफिक इसारा उलंघन गर्ने ८ जना, सवारी साधनको बत्ती ठिक नराख्ने ३६ जना, तीव्रगतिमा सवारी चलाउने ११ जना, हर्न निषेधमा हर्न बजाउने ६ जना, ढोका खुल्ला गरी सवारी चलाउने ३० जना, हदभन्दा बढी मालसामान ढुवानी गर्ने ३३ जना लापरवाही तरिकाले सवारी चलाउने एकसय ४२ जना, विनारुट प्रमिट सवारी चलाउने एकजनालाई कारवाही गरिएको डीएसपी प्रसाईले बताए।

उनले दुर्घटना न्युनिकरण गर्न प्रदेश एकका १४ जिल्लामा दैनिक चौविस घण्टे सवारी चेकिङ अभियानलाई जारी राखेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.