रुखले किचेर वृद्धको मृत्यु
भोजपुर : षडानन्द नगरपालिका ४, मूलपानीस्थित रुद्राक्षको रुख ढाल्ने क्रममा रुखले किचिएर एक वृद्धको ज्यान गएको छ । स्थानीय ६० वर्षीय दुर्गाबहादुर राईको रुखले किचेर घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
मंगलबार साँझ घर नजिकैको रुद्राक्षको रुख ढाल्ने क्रममा राईलाई रुखले किचेको थियो। मृतक राईको शव पोष्टमार्टमका लागि खाँदबारी अस्पताल लगिएको प्रहरीले जनाएको छ।