चिसो पीडितलाई कम्बल
विराटनगर : सामुदायिक प्रहरी सेवा केन्द्र रानी विराटनगरले बुधबार बिहान ७६ परिवारलाई न्यानो कम्बल वितरण गरेको छ। चिसोका कारण पीडित बनेकालाई प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले कम्बल हस्तान्तरण गरे। विराटनगर महानगरपालिका १६ दुर्गा मन्दिर परिषरमा कार्यक्रमको आयोजना गरेर ७६ थान कम्बल वितरण गरिएको हो। रिजालले कम्बल वितरणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष किशोर शुब्बाले कम्बल उपलब्ध गराउने सबै दाताप्रति आभार व्यक्त गरे। उनले चिसोका कारण पीडित बनेका र न्यानो कपडाको अभावमा सयम विताउन मुस्किल परिरहेकालाई कम्बल सहयोग गरिएको जानकारी दिए।
चिसो पीडितका लागि कम्बल सहयोग गर्ने सबैलाई सम्मान समेत गरिएको छ।