चरेस मुद्धाका फरार अभियुक्त पक्राउ
गुलरिया : अदालतले कैद सजाय तोकिएका बर्दियाको राजापुर नगरपालिका-१० निवासी ३५ वर्षीय विष्णुकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। बाँके जिल्ला अदालतको मिति २०६७ साल असार १३ गतेको आदेशले यादवलाई १० महिना २७ दिन कैद सजाय तोकेको थियो।
फरार रहेका यादवलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए।
पक्राउ परेका यादवलाई आवश्यक कारवाहीका लागि बर्दिया जिल्ला अदालतमा बुझाएको उनले जानकारी दिए।