२४ सय ७४ घर मापदण्ड विपरित, २४ हजारकाे गुनासो

२४ सय ७४ घर मापदण्ड विपरित, २४ हजारकाे गुनासो

हेटौंडा : २०७२ सालको भूकम्पमा भत्किएका घर पुनर्निर्माणको क्रममा मकवानपुरमा मात्रै २४ सय ७४ वटा घर सरकारको मापदण्ड विपरित बनेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार निर्माण भएका घरहरु मापदण्ड विपरित रहेको पाइएको हो । मापदण्ड विपरित भए पनि ती घरहरु भूकम्प प्रतिरोधी छन् कि छैनन् त्यसबारे यकिन भएको छैन ।

इकाइका अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख सोमराज तिमल्सिनाले भने, ‘प्राधिकरणले उपलब्ध गराएको मापदण्डमा नबनेका घरहरु हाम्रा प्राविधिकले भूकम्प प्रतिरोधी छ कि छैन चाँज गर्छन्, छैन भने पुन निर्माण गर्नुपर्छ ।’

तीमध्ये १ सय ६ वटा घर प्रमाणीकरण हुन बाँकी रहेको उनले बताए । साथै सुधार भएका घरका लागि पनि अनुदान रकम दिने तिमल्सिनाले बताए ।

२४ हजारको गुनासो
भूकम्पले क्षति भएको घर मुल्याङ्कनमा प्राविधिकले त्रुटी गरेको र आफ्नो घर छुटेको भन्दै २३ हजार ९ सय ६१ परिवारले गुनासो फारम भरेका छन् । तीमध्ये १७ हजार १ सय ३९ घरको पुनः जाँच गरेको इकाइले जनाएको छ ।

‘पुनः जाँच गराइएकामध्ये १४ हजार ८ सय ९५ गुनासो सम्बोधन भएको छ’, तिमल्सिनाले भने, ‘यो मंसिरसम्म थप ३ हजार ८ सय ७५ गुनासो दर्ता भएका छन् ।’

११ हजार ७५ घर पुनर्निर्माण सम्पन्न
तथ्यांक अनुसार मकवानपुरमा भूकम्पले क्षति पुगेका ११ हजार ७५ घरको पुनर्निर्माण सम्पन्न भएको छ । ३३ हजार ९ सय ७४ घर पूर्ण क्षति भएकोमा ११ हजार ८ सय ५३ परिवारले तेस्रो किस्ता प्राप्त गरिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ हेटौंडाले जनाएको छ ।

मकवानपुरमा ९० हजार ९ सय ७४ घरको सर्वेक्षण गरिएको थियो । पूर्ण क्षति भएकामध्ये २६ हजार ६ सय १८ परिवारले घर पुनर्निर्माणको लागि सम्झौता गरिसकेको इकाइका अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख सोमराज तिमल्सिनाले बताए ।

तीमध्ये २५ हजार ७ सय ९७ परिवारले पहिलो र १८ हजार ३ सय १८ परिवारले दोस्रो किस्ता प्राप्त गरेको उनले बताए । पूर्ण क्षति पुगेको घर पुनर्निर्माणसँगै भूकम्पले क्षति पुगेको घर मर्मतको लागि ४ हजार ४ सय ३५ परिवारले सम्झौता गरेको इकाइको तथ्याङ्क छ । मकवानपुरमा मर्मत (प्रवलिकरण) गर्नुपर्ने घरको संख्या ११ हजार ६ सय ३५ छ । घर मर्मतको लागि ४ हजार २ सय २५ परिवारले पहिलो किस्ता लिइसकेको बताइएको छ ।

निजी आवासमा ४ अर्ब ७५ करोड
जिल्लामा निजी आवास पुनर्निर्माणमा हालसम्म ४ अर्ब ७५ करोड खर्च भएको इकाइको तथ्याङ्क छ । चालु आर्थिक वर्षको हालसम्म ६७ करोड, गत आर्थिक वर्ष २०७४÷७५ मा ३ अर्ब २९ लाख र आर्थिक वर्ष २०७३÷७४ मा ७९ अर्ब रुपैयाँ खर्च भएको इकाइले जनाएको छ ।

अब पुनर्निर्माण र मर्मत हुन बाँकी रहेका घरहरुको काम २०७६ जेठ मसान्तभित्र सकाउन प्राधिकरणले भनेको छ । उक्त अवधिभित्र घर पुनर्निर्माण र मर्मत नगरेका भूकम्प पीडितले प्राधिकरणबाट अनुदान नपाउने प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणले घर पूर्ण क्षति भएकाहरुलाई पुनर्निर्माणको लागि पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख रुपैयाँ दिने गरेको छ । मर्मतको लागि भने पहिलो किस्ता ५० हजार र दोस्रो किस्ता ५० हजार रुपैयाँ दिने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.