मोटरसाइकलको ठक्‍करबाट मृत्यु

मोटरसाइकलको ठक्‍करबाट मृत्यु

विराटनगर : पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका- १ मा बुधबार राति भएको दुर्घटनामा परेर कानेपोखरी गाउँपालिका ४ का ४० वर्षीय सूर्य भट्राईको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ प ८१७१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको साइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईका अनुसार मोटरसाइकलको ठक्करबाट साइकलमा यात्रा गरिरहेका भट्राई गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

ठक्कर दिने मोटरसाइकल र चालक मोरङ उर्लाबारी सुनझोडाका गगन थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.